आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

प्रहरीकै मिलेमतोमा एसईई प्रश्नपत्र बाहिरिएको खुलासा : दुई प्रहरीसहित ६ पक्राउ

परदेशी खबर २१ चैत्र २०७५, बिहीबार ११:३७ मा प्रकाशित ( ४ साल अघि) १०९ पाठक संख्या

सप्तरी : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले दुई साता लामो अनुसन्धानपछि प्रदेश–२ मा एसईई प्रश्नपत्र सार्वजनिक गर्ने ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

सिआईबी टोलीले प्रदेश–२ मा चैत १४ र १५ गतेको विज्ञान र सामाजिक शिक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने ६ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

सिआईबीले प्रश्नपत्र सार्वजनिक गर्ने प्रहरी जवान ब्रम्हदेव सुनरैत यादव र दीपेन्द्रकुमार मण्डलसहित ६ जनालाई सार्वजनिक गरेको हो।

ब्रम्हदेव राजविराज नगरपालिका १० का विष्णुदेव यादवका भाइ हुन्। एसईई परीक्षा लेखिरकेका विष्णुदेवलाई प्रश्नपत्र परीक्षा अगाडि दिन उनले सार्वजनिक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ब्रम्हदेवलाई कञ्चनरुप नगरपालिका ६ घर भएका अर्का प्रहरी दीपेन्द्रकुमार मण्डलले साथ दिएको देखिन्छ।

सुरुमा प्रश्नपत्र ब्रम्हदेवले दाइ विष्णुदेवलाई दिन्छन्। उनले उक्त प्रश्नपत्र राजविराज नगरपालिका १६ का मनोज यादवलाई दिन्छन्।

नोजले हनुमान नगरपालिका १ का सालो नाता पर्ने राजेश यादवलाई दिन्छन्। राजेशले आफ्नो नजिकको साथी सोही वाडका उमेश यादवलाई दिन्छन्। उमेशले भने पैसा लिँदै प्रश्नपत्र बिक्री गर्न थाल्छन्। अनि प्रश्नपत्र फेसबुकसम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अन्नपूर्णपोस्टबाट