विदेशमा कुनै समस्यामा परेमा अव सिधै सिंहदरवारमा फोन गरौं 

चैत्र १८ , काठमाडौं। सरकारले बैदेशिक रोजगारमा रहेकाहरु वा आन्तरीक श्रम बजारका गुनासा सुन्न कल सेण्टर सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार कल सेण्टरको उद्घाटन गरे ।

बैदेशिक रोजगार बोर्डद्धारा श्रम मन्त्रालयमा स्थापित सो कल सेण्टर सोमवार देखि विहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन सुरु भएको छ । कल सेण्टरको उद्घाटन गर्दै मन्त्री विष्टले विश्वको जुनसुकै ठाउँमा रहेको नेपाली पनि समस्यामा परेमा सो सेण्टरमा जानकारी गराउन सक्ने र सरकारले मद्धत गर्ने बताए ।

उनले बैदेशिक रोजगारमा रहेकाहरुसँगै आन्तरीक श्रम बजारका समस्या तथा सुझावहरु पनि कल सेण्टरमा फोन गरेर जानकारी दिन सकिने बताए । यसका लागि ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ । बैदेशिक रोजगारका क्रममा रहेकाहरुले विदेशबाट भाइवर, ईमो, म्यासेन्जर, फेसबुक, ईमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सक्नेछन् । +९७७१५९७००८ मा फोन गरेमा भनें शुल्क लाग्नेछ ।  साभार: देशपरदेश डट कमबाट






Related Posts
  • तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस