बारामा भीषण हावाहुरी, कम्तीमा २१ जनाको मृत्यु

१७ चैत २०७५/ काठमाडौंl बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ।

उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको उनले बताए।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। ‘बारामा ठूलो प्राकृतिक विपत्ति आइपरेको छ। हामी अहिले पनि उद्दारमा छौं’, उनले भने।साभार: नागरिक न्युजबाट






Related Posts
  • युएईमा पहिलो ऐतिहासिक डम्फू सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न
  • सरोकार समाज कुवेत द्वारा आयोजित नयाँ वर्ष २०७६ सांगीतिक धमाका भव्यरुपमा सम्पन्न
  • नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारीलाई एनआरएनए कुवेतद्धारा भव्य स्वागत
  • राई ईज किङ गायक राजेश पायल राईलाइ कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

    नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

    श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)

    बिजनेष

    दर्शकहरुको मन जित्दै प्रङ्ना

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस