वाइड बडी जहाज एक अर्ब ६६ करोड घाटामा

काठमाडौं, १७ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

वाइडबडीले पूर्णक्षमतामा उड्न नपाएको, लामो दूरीको उडान गर्न ल्याएको जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घन्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ।

वाइडबडीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब ३९ करोड रुपैयाँ कमाएको छ। यस्तो आम्दानीमा यसको उडान खर्च नै दुई अर्ब १२ करोड छ। अन्य खर्च पनि अत्यधिक हुन्छ। निगमले गरेको आम्दानी र खर्चको तुलनामा साउदेखि पुससम्म एक अर्ब ६६ करोड रुपैयाँ घाटामा गएको निगमका सहप्रवक्ता नवराज कोइरालले बताए। उनले भने, ‘यो घाटा मासिक औसतमा २७ करोड रुपैयाँभन्दा बढी हो।’

निगमले वाइडबडी जहाज किन्न लिएको २४ अर्ब ऋणबापतको किस्ता नै हरेक ३/३ महिनामा ८० करोड ८२ लाख रुपैयाँका दरले तिर्नुपर्छ। मासिक वाइडबीको तिर्ने यस्तो किस्ता २६ करोड ९४ लाख रुपैयाँ हुन्छ।

‘निगमको वाइडबडीले लामो दूरीको उडान गन्तव्यअन्तर्गत जापान, कोरिया र चीनमा उडान गर्ने तयारी गरेको छ। जबसम्म वाइडबडीले लामो दूरीमा उडान गर्न सक्दैन तबसम्म यसले कमाएको पैसाले यसैको खर्च धान्न सक्दैन’, कोइरालाले भने।

वाइडबडीले साउनदेखि पुससम्ममा एक लाख ३४ हजार पाँच सय ७३ जना यात्रु र ६ लाख ९४ हजार २० किलो कार्गो बोकेको छ। वाइडबडीले मासिक ७० प्रतिशतभन्दा बढीको सिटमा यात्रु उडान गरिहेको छ। यसको औसत सिट उपभोग ७२ प्रतिशत छ।

निगमको वाइडबडी जहाज भित्रिएको १० महिनामा पनि पूर्णक्षमतामा उडान गर्न नपाएको कारण यसले हरेक तीन महिनामा तिर्नुपर्ने ब्याज र किस्ता रकम तिर्न समस्या परेको छ। पहिलो असोज मसान्तमा (पूरै किस्ता) ८० करोड ८२ रुपैयाँ तिर्न सकिएको थियो।

त्यसपछिका महिना वाइडबडीले अपेक्षाअनुसार आम्दानी र उडान गन्तव्य नपाएका कारण घाटमा भएकाले पुस मसान्तमा तिर्नुपर्ने दोस्रो किस्ता तिर्न सकेन। निगमले दोस्रो किस्ताको रकम ऋणदाता निकाय कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई विशेष अनुरोध गरेर ऋणमै थप गरेको छ। निगमले दोस्रो किस्ताका लागि ब्याज तिर्न नसकेको कारण सावा वापतको जम्मा १० करोड रुपैयाँ मात्रै तिरेको थियो।






Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक
  • नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत
  • थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस