गैरआवासीय नेपालीले १० अर्ब भित्र्याउने प्रतिबद्धता

काठमाडौँ — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले प्रारम्भिक चरणमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने सरकारसँग समझदारी भएको छ । लगानी सम्मेलनको दोस्रो दिन उक्त रकमले नेपाल सरकारको प्राथमिकताका आयोजनामा लगानी गर्ने प्रतिबद्धता सहितको समझदारी भएको हो ।

समझदारीपत्रमा सरकारकातर्फबाट उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह र सङ्घका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका हुन्।

‘सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानमा गैर आवासीय नेपालीहरूको सहभागिताका निम्ति एउटा सामूहिक लगानी कोष खडा गने विषयमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ,’ एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुन अनुसार कम्पनी खडा गरिने छ।’

प्रारम्भिक चरणमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने प्रतिबद्धता सहित समझदारी भएको हो। ‘यस कोष मार्फत् नेपाल सरकारको प्राथमिकतामा परेका आयोजना तथा समग्र नेपालीको हितमा रहने साना ठुला परियोजनाहरूमा लगानी गरिने छ,’ विज्ञप्तिमा भनिएको छ।  by kantipur





Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक
  • नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत
  • थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस