१५ आयोजनामा हस्ताक्षर गर्दै दुई दिने नेपाल लगानी सम्मेलनमा समापन

काठमाडौं । १५ आयोजनामा एमओयुमा हस्ताक्षर गर्दै दुई दिने नेपाल लगानी सम्मेलनमा समापन भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमासरकारले ५० र निजी क्षेत्रले २७ वटा परियोजना ‘सो केस’ मा राखेकोमा १५ समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल लगानी सम्मेलन २०१९ मा विभिन्न १७ वटा परियोजना निर्माणका लागि विभिन्न कम्पनीले आवेदन दिएका थिए । पूर्वाधार, कृषि, शिक्षा, जलस्रोतलगायतका विभिन्न १७ वटा परियोजनाका लागि आवेदन परेको हो भने लगानी सम्मेलनकै क्रममा भएका समझदारीले मुलुकमा विभिन्न क्षेत्रमा लगानी समेत बढेको छ ।

हस्ताक्षर भएका १५ आयोजना :

१. चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी पत्रमा हस्ताक्षर
२. चौधरी ग्रुपसँग ६ सय मेघावाट जलविद्युत आयोजनाका लागि स्काइ पाओरको सम्झौता
३. चौधरी गु्रप र फाइव जी मोबाइल ग्रुपबीच समझदारीपत्रमा हस्ताक्षर
४. सोलारसम्बन्धी लगानीका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सिजी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्माण चौधरीबीच समझदारी ।
५. कोरियन लगानी कर्ताद्वारा माथिल्लो त्रिशुली आयोजनामा ६ सय ५० मिलियन डलर माथिल्लो जलविद्युत आयोजनाका लागि दिने समझदारी पत्रमा हस्ताक्षर ।
६. अरुण तेस्रो जलविद्युत आयोजनाका लागि स्टेट बैंक अफ इन्डिया, नेपालको एभरेस्ट बैंक र नविल बैंकबीच सझदारी ।
७. कालिगण्डगी जलविद्युत आयोजनाका लागि युनान हाइड्रो सोलुसन वाटार ग्रुप र सांघाई इनभेस्टमेन्ट डिजाइन एण्ड रिसर्च इन्सिच्युटबीच समझदारी ।
८. सिमाराको विशेष आर्थिक क्षेत्रको लगानीका लगानी इन्भेस्टमेन्ट वोर्ड नेपाल, इन्टरनेशल फाइनान्स करर्पोरेशनबीच समझदारी ।
९. रिर्सोसेस हिमालय बुटिक काभ्रे प्राइभेट लिमिटेडका लागि सिन्सिया कम्पनी लिमिटेडबीच समझदारी ।
१०. गैर आवासीय नेपाली संघको १० विलियन नेपाली रुपैयाँ औद्योगिक विकासमा ।
११. नेपाल वेयर हाउस र नेशनल कोल्याटर म्यानेजमेन्ट सर्भिसबीच समझदारी ।
१२. नेपाल फेडेरेसन लाईसेन्स कम्पनी र म्यानमार लाइसेन्स कम्पनीबीचको सहकार्यको समझदारी ।
१३. मुथुट गुप्र अन्तर्गतको मुथुट फाइनान्स र नेपालको युनाइटेड फाइनान्समा साझेदारी गर्ने सम्झौता ।
१४. म्यानमारका कन्ट्याक्टर र निर्माण व्यवसायी महासंघबीच सहकार्य गर्ने समझदारी
१५. एपी पावरका जलविद्युत सौर्य र वायु उर्जा साथै डोल्मा फन्डको १५० मेगावाटको सोलार निर्माण सम्बन्धी सम्झौता

यस्तै, लगानी सम्मेलनमा प्रस्ताव गरिएका मध्ये विभिन्न १७ वटा परियोजनामा लगानीकर्ताले इच्छा देखाएका छन् । काठमाडौंमा शुक्रबारदेखि जारी सम्मेलनमा सरकारले उर्जा, पर्यटन, उद्योग लगायत गरी झण्डै ६ दर्जन परियोजना पेश गरेको थियो ।

score by news24






Related Posts
  • युएईमा पहिलो ऐतिहासिक डम्फू सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न
  • सरोकार समाज कुवेत द्वारा आयोजित नयाँ वर्ष २०७६ सांगीतिक धमाका भव्यरुपमा सम्पन्न
  • नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारीलाई एनआरएनए कुवेतद्धारा भव्य स्वागत
  • राई ईज किङ गायक राजेश पायल राईलाइ कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

    नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

    श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)

    बिजनेष

    दर्शकहरुको मन जित्दै प्रङ्ना

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस