लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश-२ मा एसईई स्थगित

काठमाडौं : लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश-२ मा  माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालका लागि स्थगित भएको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको जानकारी दिएको हो।

चैत १० गतेबाट सुरु भएको परीक्षा अन्तर्गत चैत १४ गते सञ्चालन भएको अनिवार्य विज्ञान विषय र चैत १५ गतेको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको थियो।

विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानबिन समिति गठन गरेर काम समेत सुरु भएपछि पुन सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएपछि मन्त्रालयले शुक्रबार ७७ जिल्लाकै परीक्षा केन्द्रको प्रश्नपत्र रुजु गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको थियो।

साथै प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रालयले गृह मन्त्रालयमार्फत् केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धान गर्न शुक्रबार नै निर्देशन दिएको थियो।

शुक्रबार जिल्ला सुरक्षा समितको प्रमुख, परीक्षा समन्वय समितिको प्रमुख लगायतका अधिकारी संलग्न टोलीले प्रश्नपत्र रुजु गर्ने क्रममा शनिबार हुन लागेको अनिवार्य स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको पुष्टि गरेको हो।

तीन वटा विषयको प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि मन्त्रालयले पत्रकार सम्मेलन गरेर परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले परीक्षा स्थगितका कारण विद्यार्थी तथा अभिभावकमा परेको असुविधाप्रति क्षमा याचना गरे।

प्रश्नपत्र बाहिर ल्याउने क्रममा सलग्नलाई आपराधिक क्रियाकलापको संज्ञा दिदै उनले भने, ‘त्यस्ता व्यक्तिलाई जसरी पनि कानुनी दायरामा ल्याउँछौं।’ अर्को परीक्षाको तालिका चैत महिनाभित्रमै सार्वजनिक गर्ने पोखरेलले बताए। प्रदेश-२ मा दुई सय ६२ वटा परीक्षा केन्द्र र ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन्।

राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापेर परीक्षा सञ्चालन गरेको थियो। यस पटक शनिबार पनि परीक्षा सञ्चालन गर्ने तालिका बोर्डले यसअघि नै सार्वजनिक गरेको थियो। अन्य प्रदेशमा भने तालिका अनुसार नै परीक्षा सुचारु हुने बोर्डले जनाएको छ। by annapurna posT






Related Posts
  • तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस