आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कान्छो”को म्युजिक भिडियो युट्युबमा सार्वजनिक ( भिडियो सहित )

परदेशी खबर १५ चैत्र २०७५, शुक्रबार ०९:४० मा प्रकाशित ( ५ साल अघि) १७२ पाठक संख्या

परदेशी खबर/ कुवेत – खुशी प्रधान लामाको कान्छो नामक गीतको अफिसियल म्युजिक भिडियो हिजो जिग्मे मेडियाको अफिसियल युट्युब च्यानलबाट रिजिल भएको छ ।

यस गीतको शब्द रचना, संगीत, संगीत संयोजन, मिक्स बहु प्रतिभाशालिका धनी ब्यक्तित्व दिपेश प्रधानको रहेको छ । यस गीतमा सुरिलो स्वर भने श्रीजना तामाङले भरेका छन ।

भिडियोमा अभिनय भने तामाङ चलचित्र क्षेत्रका सुपर स्टार नायक कुमार मोक्तान र अहिलेको जल्दोबल्दो मोडल तथा नायिका पुर्णिमा थोकर लामाको रहेको छ ।

यस भिडियोलाई छायाङ्कन बज्र ङ्यासुरले गरेको हो भने ड्रोनमा प्रविन राई रहेका छन । सम्पादन तथा कलरिङ भने सुर्य लामाले गरेका छन ।

च्याङ्बा र मैच्याङको प्रेम कथामा आधारित भिडियो निकै राम्रो क्वालिटी बनेको छ । यस गीतलाई हेरेर, सुनेर
शेयर गरेर साथ दिनहुन र सल्लाहा सुझाब एबं प्रतिकृया दिनहुन पनि आम दर्शक श्रोताहरुलाई कान्छो भिडियो युनिटले अनुरोध समेत गरेका छन ।