आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

परदेशी खबर १० चैत्र २०७५, आईतवार १८:३८ मा प्रकाशित ( ५ साल अघि) १३४ पाठक संख्या

फाइल फोटो

परदेशी खबर / मार्च २४ , कुवेत l अबैध रुपमा भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा करिब एक बर्ष अगाडी कुवेत आइपुगेकी  नवलपरासीकी अमृता बिश्वकर्मा (नाम परिवर्तन) र धरानका सागर कटुवाल (नाम परिवर्तन) सँग फोन सम्पर्क भयो र प्रेम बढ्दै गएपछि अमृता मालिकको घरबाट र साधारण लेबरमा काम गर्दै आएका सगर पनि कम्पनीबाट भागेर अवैधरुपमा संगै बस्न थाले l

अमृता घरभित्र मालिकको चरम दुख पाएकी हुनाले सागरसंग भेट हुनु उनका लागि सुखद अनि खुसी पनि थियो तर, त्यो  खुशी धेरैदिन टिकेन जब उनि गर्भवती भईन दुवैलाइ चिन्ता बढ्न थाल्यो र बच्चा नलिनको लागि ति जोडीले दबाई पानि देखि लिएर अनेक उपाय लगाउन कोशिश गरे तर, बसिसकेको बच्चा फ्याक्न सकेनन्l पेटमा बच्चा रहनुकै कारण दुवै बीच दरार आउन थाल्योl मुख्य समस्या आफुहरु दुवै स्पोन्सरको जिम्मेवारीबाट भागेर अवैधानिक छन् नै गर्भमा सात महिनाको बच्चा वैधानिक हुन धेरै टाढाको कुरा हो l

यी दुवैजनाको घरमा परिवार बालबच्चा छन् जुन सागरको घरमा श्रीमती अनि एक छोरा छन् भने अमृताका पनि घरमा श्रीमान र एक छोरा रहेको श्रोतले बताएको छ l

जब सागरले अमृता गर्भवती भएको थाहा पाएपछि नै स्वीकार गर्न नमानेको र बच्चा पनि नलिने भन्दै तनाब दिन थालेपछि उनि एक सहयोगी कृष्ण डुम्रे मार्फत हाम्रो संचारको सम्पर्कमा आएर बेदना सुनाए पश्चात हाम्रो संचारको सुझाबमा कृष्ण डुम्रे मार्फत दुतावासमा पुगेका उनीहरुको र अब केहि समस्या समाधान हुने भएको छ । दुवै जनाको मन्जुरीमा अमृताको कुवेतमै सुत्करी गराइदिने र अस्पतालसम्म पुर्याइ सहयोग गर्ने आश्वासन दुतावासले दिएको छ र सागरले भने- सुत्केरी हुने समय भन्दा एक हप्ता अगाडी नै नेपाली दुतावासले अस्पतालमा भर्ना गर्न र स्वदेश फर्काउन सहयोग गरिदिने भनेको छ तर, जन्मिएको बच्चा भने अमृताले कुवेत बसुन्जेलसम्म मात्र स्याहारसुसार गर्ने अनि कुवेतबाट  नेपालको विमानस्थल पुर्याए पछि बच्चा सागरले लैजाने सहमति भएको छ । यस अघि बच्चा नस्विकारेका सागरले अहिले भने अमृतालाई छोडेर बच्चा स्वीकार्ने सहमति गरेका छन् । सहमति अनुसार अब स्वदेश फर्कने बितिकै विमानस्थलबाटै बच्चा सागरले लैजाने छन् भने अमृता रित्तो हात आफ्नो घर जाने छिन ।

अमृता यस्ता घटनाको एक प्रतिनिधि पत्र मात्रै हुन् यस्ता घटनाहरु केहि सामाजिक संजाल मार्फत बाहिर आएता पनि भित्रि रुपमा नियाल्ने हो भने यस्ता सयौंको रुपमा अवैध बालबच्चाहरु रहेको अनुमान लगाउन सकिन्छ l घर परिवारबाट सुनौलो सपना बटुल्दै  छुट्टिएर विदेशिएका केहि युवायुवतीको यस्तै कार्यले गर्दा धेरै परिवारहरु टुक्रिएका छन् कति ति दुधे बालबच्चाहरुले  बुबा र आमाको स्नेह र मायाँ बिहिन हुन पुगेका छन् l मोजमस्तीमा चुर्लुम्ब डुबेका ति निष्ठुरीले गर्दा अबोध बालबालिका र बृद्ध आमाबुबहरुको कण्ठ बिजोग भएर बाँच्नु परेको धेरै घटनाहरु सामाजिक संजाल र अनलाइन मिडियामा देखिदै आएको छ  l

सरकारले घरेलु काममा पठाउन प्रतिबन्ध लगाएपनि अवैधानिक बाटो हुँदै रोजगारीका लागि विभिन्न देशमा महिलाहरु जाने क्रम नरोकिँदा समस्याहरु बढ्दै गएका छन् । जबसम्म राज्य वैदेशिक रोजगार नितिमा परिवर्तन र राज्य मातहतका निकायहरू सक्रिय र जिम्मेवार बन्न सक्दैन तवसम्म नेपाली कामदारको यहि अवस्था रहने छ। बेदना, पिडा र चित्कारहरू शब्दमा ब्याख्या गर्ने र भावनात्मक रूपमा बहकिने बाहेक अन्य कुनै बिकल्प छैन। राज्यले यी र यस्ता हजारौं चेलिहरूले खेप्नुपरेको टट्कारो समस्यालाई प्रतक्ष रूपमा सम्बोधन गर्नुपर्छ नत्र घरेलु कामदारको रूपमा विदेशिने दिदिबहिनीहरूको अवस्था थप दयनीय बन्ने छ ।