१७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)

Image may contain: 11 people, including Amar Khadka and Suraj Maskey, people standing and outdoor

परदेशी खबर /२३ मार्च २०१९, कुवेत lमाउण्ट एभरेष्ट स्पोर्टिङ क्लवको योजनामा हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ ।

उक्त खेलमा १२ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको गोल्ड कपको कार्यक्रममा नेपाली राजदुतावास कुवेतका का.वा. राजदूत प्रकाश मणी पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न खेलहरुमा क्लब अध्यक्ष इन्द्र प्रसाद पोखरेलको सभापतित्व, दुतावासका श्रम-सहचारी ज्ञानेन्द्र शर्मा, क्लवका बरिष्ट सल्लाहाकार तथा गोल्ड कपका संस्थापक राजेन्द्र तामाङ लगाएत कुवेतमा कृयाशिल विभिन्न संघ-संस्थाका पदाधिकारी, बुद्दिजिवि, पत्रकार, खेलाडी, भद्र-भलाद्मीहरूको आतिथ्यता तथा बाक्लो उपस्थिती रहेको थियो ।

Image may contain: 8 people, people standing and outdoor

बिहान १० बजेबाट खेलिएको खेलको उद्घाटन कुवेतका गोलड कपका निर्माता तथा क्लवका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ र का.वा राजदुत प्रकाश मणी पौडेलले एक अर्कालाई गोल पास गर्दै गरिएको थियो । खेल रात्री १०.३० बजेसम्म निरन्तर रुपमा चलेको थियो साथै कार्यक्रममा कावा राजदुत प्रकाश मणी पौडेल, गोल्डकप संस्थापक राजेन्द्र तामाङ, एनसिसी अध्यक्ष सुमित्रा पौडेल, जनजाती महासँघका अध्यक्ष अमृत तामाङले शुभकामना मन्तव्य दिएका थिए ।

हिजो भएका पहिलो खेलमा पुर्वेली टाईगर V/s के.जी.एल खेलेकोमा पुर्बेली टाइेगरको स्कोर: २ – ० थियो. दोश्रो खेल: मेची महाकाली V/s सुनुवार सेवा समाज कुबेत खेलेकोमा मेची महाकालीले 3 – 2 ले बिजय हासिल गरेको थियो त्यसै गरि तेश्रो चरणको खेल प्रवासी टयाक्सी रातो V/s मोना म्याग्दी खेलेकोमा प्रवासी टयाक्सी ले २ – ० गोल खेल्दै बिजय हासिल गरेको थियोl चौंथो खेल किरात राई यायोक्खा V/s युनिक नेपाल को खेल भने निर्धारित समय भन्दा ५/५ मिनेट थप समयको अन्तिम मिनेटमा युनिक नेपालले १ -० गोल दिदै बिजय भएको थियोl पाँचौं खेल: GFC V/S प्रवासी टयाक्सी निलो खेलेकोमा बिजेता: GFC स्कोर: ४ – १ छैटौं खेल: न्यु परदेशी FC V/s सरोकार समाज बिजेता: सरोकार समाज कुबेत स्कोर: २ – ० सातौं खेल (क्वार्टर फाईनल पहिलो): पुर्वेली टाईगर V/s प्रवासी टयाक्सी रातो बिजेता: पुर्बेली टाइेगर स्कोर: ५ – २ आठौं खेल (क्वार्टर फाईनल दोश्रो): मेचीमहाकली V/s युनिक नेपाल बिजेता: युनिक नेपाल स्कोर :२ – ० रेफ्री,लाईन्स मेनहरु: डम्बर मोक्तान, शिव कुमार लिङदेन, बाबु मगर, निसान देव कोइराला, सविना केरुङ, दिपक लिम्बु यसैगरी, १७औं बमजम गोल्ड कपमा स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी नेपाल कुवेत सरोकार समाजले लिएको छ ।

Image may contain: 7 people, including Nirmal Syangtan, people smiling

खेललाई थप मनोरंजन दिन नेपालको राष्ट्रिय टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउनु भएका नेपाली राष्ट्रिय टिमको पनि आतिथ्यता रहेको थियो भने क्लवले सम्पूर्ण खेलाडी लगायत टिम कोच, टिम म्यानेजर, क्याप्टेन लागायतलाई खादा ओढाएर स्वागत तथा सम्मान गरेको थियो । सो अवसरमा नेपाली टिमका टिम म्यानेजर तथा एन्फाका अध्यक्ष दावा लामाले मन्तव्य दिंदै माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव नेपालअको खेलकुत मन्त्रालयमा दर्ता भएको र कुवेतमा २० बर्ष लामो ईतिहास बोकेको क्लब भन्ने अवगत हुँदा खुशी लागेको र क्लवलाई एन्फाबाट कस्तो किसिमको सहयोग र सहकार्य आफुहरुबाट हुनुसक्छ सो को लागि आफुले सम्बन्धित निकायमा संपर्क गरेर अगाडि बढ्ने बताउनु भएको छ ।

Image may contain: 10 people, including Raju Thapa Magar, people smiling, sky and outdoor

क्लवका पुर्व उपाध्यक्ष अर्जुन भुषालको सञ्चालन र पुर्व अध्यक्ष तथा १७औं गोल्ड कप संयोजक जय आलेको स्वागत मन्तव्यबाट मुर्तरुप लिएको टुर्नामेण्टमा अफिसियल डेस्कको पूर्ण जिम्मेवारी मगर सँघ कुवेतका दित्तिय उपाध्यक्ष तथा मेचीकाली बचत कोषका अध्यक्ष बसन्त थापा मगरले लिएका छन भने ग्राउण्ड लगायतका अन्य व्यवस्थापन जिम्मेवेरी क्लबका खेलकुद बिभाग प्रमुख मोहन राइ, उपाध्यक्ष आन्द श्रेष्ठ, बरिष्त सदस्य जगत मगर, सचिव डम्बर रिमाल, सह-सचिव सिरेश गुरुङ लगायतले लिएका थिए भने किचेनको सम्पूर्ण जिम्मेवारी क्लवका बरिष्ट सदस्य शिवराम पौडेल र अन्य सदस्यहरुले लिएका छन । १७ औं बमजन गोल्ड कपलाई अमान एक्सचेन्ज कुवेत र हिमाल रेमिटले प्रायोजन गरेका छन भने नेपाली समाज कुवेतका केही दानबिर महानुभावहरुले क्लवलाई आर्थिक सहयोग गरेका छन्l आगामी २९ मार्च शुक्रबारका दिन, सेमीफाईन र फाईनल खेल बिहानको ठिक ८.०० बजे सोही फुटबल मैदानमा हुनेछ भने सेमिफाईनलको पहिलो खेल पुर्बेली टाइेगरको बिरुद्द GFC र युनिक नेपालको बिरुद्द सरोकार समाज खेल्ने छन । उक्त फाईनल खेल हेर्न पनि आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले सबै कुवेतवासी नेपालीहरुलाई अनुरोध गरेको छ ।

Image may contain: 6 people, people standing and outdoorImage may contain: 3 people, people smiling, people standing and outdoorImage may contain: 22 people, including मोहन नाछिरिङ राई, people smiling, outdoor






Related Posts
  • युएईमा पहिलो ऐतिहासिक डम्फू सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न
  • सरोकार समाज कुवेत द्वारा आयोजित नयाँ वर्ष २०७६ सांगीतिक धमाका भव्यरुपमा सम्पन्न
  • नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारीलाई एनआरएनए कुवेतद्धारा भव्य स्वागत
  • राई ईज किङ गायक राजेश पायल राईलाइ कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

    नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

    श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)

    बिजनेष

    दर्शकहरुको मन जित्दै प्रङ्ना

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस