आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

एनआरएनए कुवेतद्धारा नेपाली राष्ट्रिय फुटबल टिमलाई भब्य स्वागत

परदेशी खबर ६ चैत्र २०७५, बुधबार १८:२९ मा प्रकाशित ( ५ साल अघि) १४६ पाठक संख्या

Image may contain: 36 people, including Hari Lawati, Dolraj Neupane and Nabin Lopchan, people smiling

परदेशी खबर

मार्च २०,कुवेत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली राष्ट्रिय फुटबल टिमलाई टिम बसिरहेको होटलमै गई भब्यताका साथ स्वागत तथा नेपालले खेल्ने खेलहरुमा जितको अग्रिम शुभकामना दिएको छ । एनसिसि कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेलबाट नेपाली टिमका प्रमुख प्रशिक्षक जोहन कालिन, सहायक प्रशिक्षक किरण श्रेष्ठ, टिम मेनेजर दावा लामा, टिम क्याप्टेन बिराज महर्जन लगायत सम्पुर्ण खेलाडीहरुलाई पुष्प गुच्छाको साथमा खादा ओडाएर स्वागत तथा शुभकामना दिनुभएकोे थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक कालिनद्धारा स्वागत गरेकोमा एनसिसि कुवेतलाई धन्यबाद दिनुभएको थियो । एनसिसि कुवेतका पदाधिकारी, समाजसेवी तथा पत्रकारहरुको उपस्थितीमा सम्पन्न स्वागत कार्यक्रमको सहजिकरण परिषदका महासचिब हरि लावतीबाट भएको थियो ।

भोलि हुन गईरहेको कुवेत र नेपाल बिचको बहुप्रतिष्ठित खेल हेर्न जाने कुवेतबासी दर्शकहरुको लागि एनसिसि कुवेतद्धारा फाहाहिल देखि खेल मैदान सम्म यातायात सेवा प्रदान गरेको छ । कुवेतमा क्रियासिल सम्पुर्ण संघ संस्थाहरु, खेलप्रेमी समस्त दाजुभाई दिदीबहिनीहरुमा मौलिक बाजा गाजाका साथ खेलमैदानमा उपस्थीत भई नेपाली खेलाडिहरुको हौसला बढाई साथ दिन एनसिसि कुवेतद्धारा हार्दिक अनुरोध गरिएको छ ।

खेल हुने स्थान : अल सबाब स्पोर्टस क्लब स्टेडियम, अहमादी, कुवेत
खेल हुने समय : साँझको ६:३० बजेबाट

बस छुट्ने स्थान : Fahaheel Grand Hyper पछाडि
बस छुट्ने समय : साँझको ५:३० देखि ६:०० बजे सम्म

सम्पर्क नम्बरहरु:
अध्यक्ष – सुमित्रादेबि पौडेल ५५०३३४४०
महासचिब – हरि लावती ९७२७८३७९
सचिब – उमेश पुडासैनी ५१६९०५१२

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत ।