लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव तथा लुम्बिनी मेगा म्युजिक भव्य रुपले सम्पन्न

परदेशी खबर 

मार्च १७, कुवेत ।  लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव तथा लुम्बिनी  मेगा म्युजिक  २०१९ भव्य रुपले सम्पन्न भएको छ । 

कुवेतको जिलिब स्थित नोटिमघाम ब्रिटिश स्कुलको हलमा सुक्रवार चर्चित लोक दोहोरी गायिका शान्ता परीयार र नेपाल आइडल सिजन २ का टप ५ का प्रतिस्पर्धी गायक अमित बराल लगायत कुवेतका चिरपरिचित स्थानीय कलाकारहरुको साथमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालको सभापतीत्वमा कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतकी द्वितिय  सचिव जानकी ओझाको बिशिष्ट अतिथीमा नेपाली राजदुतावास कुवेतकी सहचारी एसोधा अधिकारी , गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल , नेपालआदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग , बिइसी एक्सचेञ्जका प्रतिनिधि डम्मर गुरुङको साथ कुवेतमा कृयाशिल संघ संस्थाका प्रतिनिधि लगायत पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतवासी नेपालीहरूको बाक्लो उपस्थित रहेको कार्यक्रमको सहजिकरण सुरेश ग्यावा तामाङले गरेका थिए ।

समाजका उपाध्यक्ष अशोक वस्तीले मन्तव्य सँगै सुरु भएको कार्यक्रममा सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी साथै छैठौं वार्षिक उत्सबको उपलक्ष्यमा केक काटी राष्ट्रिय गानबाट कार्यक्रमलाई औपचारिक रुपमा सुरुवात गरेका थिए ।

वार्षिक उत्सव तथा सांगीतिक कार्यक्रमको पहिलो प्रस्तुती स्वरूप देश भक्ती गीत ‘जागौ बिर नेपाली आफ्नो देश बनाउन ‘ बोलको गीत स्थानिय कलाकार इन्दा योञ्जन र कुमार स्याम्ताङ्ले पस्केका थिए । सुदुर पश्चिम सेवासमाज कुवेतका अध्यक्ष अम्मर खड्काले लुम्बिनी समाज नेपालको बारेमा तयार पारीएको गजल बाचन गरेका थिए भने साबु गैरेले नृत्य र पत्रकार तथा कलाकार प्रेम जिमीले मौलिक नृत्य टप्पा प्रस्तुत गरेका थिए ।रातो कोट ढाका टोपीमा सजियर स्टेजमा चडेका लोक पप गायक डीबी लोप्चनले पहिलो प्रस्तुती स्वरुप देश भक्ती गीत ‘ मत हजुर गोर्खालीको छोरो ‘ बोलको गीत पस्केका थिए । ‘ मैच्यांगको मिठो बोली ‘ झकास झकास’ बोलका गीतहरु पस्की उपस्थित दर्शक हरुलाई भरिपुर्ण मनोरंजन प्रदान गरेका थिए ।स्थानीय लोक पप गायक बिबी मल्ल ठकुरीले आँखैमा गाजल लपक्कै , सोल्टिनी तिम्रो गालैमा लाली चडेछ बोलको गीत प्रस्तुतले दर्शकलाई नचाउन सफल भयको थियो ।

जब साँझ ६ बजे नेपाल आइडल सिजन २ का टप ५ का प्रतिसप्रधि गायक अमित बराल मञ्चमा उक्लिए दर्शक दिर्घाबाट ताली वर्षियो ।गायक अमित बरालले पहिलो प्रस्तुती स्वरूप ‘ सुन साइली , सुन साइली ‘ बोलको गीत पस्केका थिए । करिब एक दर्जन जति गीत पस्की दर्शकको मन जित्न सफल भयका थिए ।चर्चित लोकदोहोरी गायिका शान्ता परीयार नेपाली मौलिक पहिरहनमा सजियर मञ्चमा उक्लन बित्तिक्कै ‘ पछ्यौरीको तातो’ बोलको गीत गुनगुनाईन ।गायिका परीवारले उनका चर्चित गीत दर्जन भन्दा बढी गीत गाएर मनोरन्जन दिएको थियो ।  कार्यक्रम  अबेर रात सम्म चलेको थियो ।  

 






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

    कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस