“माबर ल्हा” नामक तामाङ गीतको म्युजिक भिडियो सार्बजनिक

परदेशी खबर

मार्च् १५, कुवेत  | तामाङ गीत संगीतको दुनियाँमा फेरी एउटा नयाँ इट्टा थप्ने काम भएको छ ।

महाभारत बन्खु लामाटोल स्थित थिङ परिवारको प्रस्तुतिमा “म्हाबर ल्हा” नामक तामाङ गीतको अफिसियल म्युजिक भिडियो हिजो जिग्मे मेडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । तामाङ सस्कार र सस्कृतिमा आधारित गरीब र बेरोजगारी बाध्यताले बिदेशिनु पर्दाको पिडा घर देश र पर्देशिको वास्तविक जीवनमा आधारित यो गीतले एउटा गरीब परिवारको वास्तविक कथा ब्यथा सचित्र उतार्न सफल भएको छ ।

यस भिडियोलाई महाभारत गाउपालिका बन्खु वरिपरि छायाङ्कन गरिएको हो । यस गीतको शब्द रचना स्वयम गायकले र जीवन वाइबाले गरेको हो । स्वरमा अहिलेको जल्दोबल्दो जनवादी तथा सेलो गायिका निर्मला घिसिङको कर्नप्रिय समधुर आवाजले भरेका छन । यस भिडियोको छायाङ्कन तथा निर्देशन युग लामाले गरेको हो भने सम्पादन सुर्य लामाले गरेका छ्न । अभिनय युग लामा र लक्ष्मी स्याङ्तानको रहेको छ ।

सरगम स्टुडियोमा रेकर्ड गरेको यस गीतलाई संगीत संयोजन भने जोगलाल लामाले गरेका हुन भने मिक्सिङ दिपेस प्रधानले हो । यस भिडियोलाई सम्पूर्ण दर्शक श्रोताहरुले हेरेर सुनेर माया तथा साथ दिनहुन र सल्लाहा एबं प्रतिकृया दिन हुन म्हाबर ल्हा टिमले हार्दिक अनुरोध समेत गरेका छ्न ।

भिडियो






Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस