नेफेसो कुवेतद्वारा आयोजित एकदिने प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

 

परदेशी खबर

मार्च ९ ,कुवेत | नेपाली सङ्घीय समाज (नेफेसो) कुवेतद्वारा आयोजित एकदिने राजनैतिक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम समपन्न गरेको छ |

सङ्घीय समाजवादी फोरम नेपालको प्रवास भातृसंगठन नेफेसोले आयोजना गरेको उक्त कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपाल पार्टी नै किन भन्ने विषयक बहस सँगै सङ्घीय समाजवादी फोरम नेपाल पार्टी किन र विध्यमान नेपाली समाजमा रहेको वर्गीया, जातीय, क्षेत्रीय र लैङ्गकि उत्पीडिनको अन्त्य संगै समाज परिबर्तनबारेमा प्रशिक्षण दिनु साथै समावेशी लोकतान्त्रिक सङ्घीयतामा मुलुक बिस्तारै प्रवेश गरे संगै सङ्घीय समाजवादी फोरम नेपाल पार्टीले समेटिएका विविध विषय बस्तु, विगतको राजनीतिक परिवेश र त्यसले उप्जाएका राजनीतिक घटनाक्रमहरु बारे पनि प्रस्ट पारिएका थिए | आदिवासी जनजातिहरुका माग तथा आगामी संघर्ष एवम् सङ्घीय समाजवादी फोरम नेपाल,पार्टीले समेटेका मुद्धाहरु अनि देशमा शान्ति स्थिरता र समृद्दी हासिल गर्न पार्टीले खेल्नु पर्ने भुमिका र विगतका राजनैतिक परिघटना साथै राजनीतिक घटनाक्रमले देखाएका सामाजिक र आर्थिक उन्नति बारे गर्नु पर्ने विविध विषयहरु र सङ्घीय समाजवादी फोरम नेपाल, पार्टीको कार्ययोजना र प्रवास भातृसंगठनले खेल्नु पर्ने आन्तरिक रणनीतिकका विषयमा पनि बहस गरिएको थियो |

कार्यक्रममा प्रशिक्षण प्रमुख प्रविनकुमार महतो,नेपाली सङ्घीय समाज(नेफेसो)कुवेतका प्रवक्ता राजकुमार वान्तवा राई,नेपाली सङ्घीय समाज(नेफेसो)कुवेतका सह-अध्यक्ष रोल बहादुर विश्वकर्मा,नेपाली सङ्घीय समाज(नेफेसो)कुवेतका अध्यक्ष प्रकाश चामलिंग राई,नेपाली सङ्घीय समाज(नेफेसो)कुवेतका महासचिव लोक याम्फु(खकुरा),नेपाली सङ्घीय समाज(नेफेसो)कुवेतका सचिव सन्देश राई,नेपाली सङ्घीय समाज(नेफेसो)कुवेतका सहसचिव मानासराम राई, नेपाली सङ्घीय समाज(नेफेसो)कुवेतका उपाध्यक्ष अमृत तामांग लगायतले प्रशिक्षण दिनु भएको थियो|

नेपाली समाज वहुजातीय, वहुभाषिक, वहुसाँस्कृतिक, वहुधार्मिक र भौगोलिक विविधताले युक्त समाजलाई नश्लीयवादको कारण उत्पीडित समुदायको माग सम्बोधन गर्न नसकिएको र हाल थरुहट संघर्षका अगुवा रेशम चौधरीको विरुद्धमा गरिएको अन्याय र यसैलाई जोडिएर सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रिय अध्यक्ष अध्यक्ष उपेन्द्र यादबको नामलाई गरेको कु-प्रचारलाई नेपाली सङ्घीय समाज नेफेसो कुवेतले भ्रत्सना पनि गरिएको छ | सङ्घीयतालाई असफल बनाउन अहिलेको समयमा विभिन्न व्यक्तिहरु लागि परेको अवस्थामा चिन्ताको बिषय बनेको र सम्पूर्ण पहिचान वादी शक्ति एक जुट हुनु पर्नेमा जोड दिए |

बिहान १० सुरु भएको कार्यक्रम नेपाली सङ्घीय समाज (नेफेसो) कुवेतका अध्यक्ष प्रकाश चामलिंगको सभातित्व तथा प्रमुख अतिथि शिल्पी संघ नेपाल कुवेतका अध्यक्ष गोपाल गदाइली अतिथि लक्ष्मीकान्त शर्मा रहेको थियो | स्वागत मन्तव्य नेपाली सङ्घीय समाज (नेफेसो) कुवेतका कोषाध्यक्ष मोहन नाछिरिंग राईले दिनु भएको कार्यक्रमको सहजीकरण नेपाली सङ्घीय समाज (नेफेसो) कुवेतका सचिव आङकाजी शेर्पा(आकाश) गरेको थियो | कार्यक्रममा हरेक क्षेत्रमा साथ सहयोग गर्दै आएका सम्पूर्णलाई धन्यवाद दिदैं सभापति नेपाली सङ्घीय समाज (नेफेसो) कुवेतका अध्यक्ष प्रकाश चामलिंग राईले समापन गरेको थियो |






Related Posts
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु
  • एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)

    थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो

    एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस