अन्तराष्ट्रिय नारी दिवसको औचित्य! – नैनाकला राई

 

आज विश्वभरिनै अन्तराष्ट्रिय महिला दिवस मनाइरहद नेपालमा पनि निरन्तररुपमा विभिन्न कार्यक्रम र गोष्टिका साथ बिगत ८ औं बर्ष सन् १९७४ देखि नारी दिवस मनाउदै आज ९ औं नारी दिवस सामाजिक संजालमार्फत र गक्षअनुसार अनुकुल स्थान वा सभाहलमा एक-अर्कामा शुभकामान आदान प्रदान कार्यक्रम गर्दै मनाइरहेका छौँ जुन महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्षको ८ मार्चमा नारी दिवस मनाउने गरिन्छ ।

सन् १९५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाले निश्चित घन्टाको काम हुनुपर्ने माग राखेर गरिएको प्रदर्शनलाई विश्व महिला आन्दोलनको शुरुवातको रुपमा लिने गरिएता पनि सन् १९१० को मार्च ८ मा कोपनहेगनमा बिभिन्न १७ देशका सयौं महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार मनाउन थालिएको हो। 

नेपालको सन्दर्भमा भने जनसंख्याको आधारमा ५१ % जनघनत्व ओगटेको महिलाहरुको हकहितका लागि लड्दै बिभिन्न कालखण्ड पार गर्ने क्रममा राजतन्त्र र १० बर्षे जनयुद्ध हुदै विभिन्नखाले चरणबद्ध आन्दोलन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सम्म आइपुग्दा नेपालको नयाँ संविधानमा उल्लेख भए अनुसार महिलाको हकमा केहि मागहरु संविधानमै समेटिएको भएपनि कार्यान्यन भने हुन सकेको छैन त्यसलाई संस्थागत गर्दै कार्यान्वयनमा लैजानको लागि ठूलो चुनौती छ किनकि समाजमा बिगतका पितृसत्तात्मक संक्रमणको जरा गहिरो गरि गाडिएको छ यसलाई उखेल्न समाजमा परिवर्तन ल्याउनु पर्छ र समाजमा परिवर्तन ल्याउन आफु पुर्णरुपमा परिवर्तन हुन तयार हुनु पर्छ तर जुन हामी तयार हुन चाहेका छैनौं त्यसकारण महिलाको अवस्थामा अहिलेसम्म जिउकातिउनै रहेको छ। 

 

नैनकला राई

वर्तमान राजनीतिक तहमा हेर्ने हो भने अहिलेको नेपालको तीन तहको संरचनाअनुसार स्थानीय तहमा करिब ४१ प्रतिशत महिला निर्वाचित भएका छन्। प्रदेश र केन्द्रमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व रहने प्राबधान रहेको छ तर यहाँ पनि झिनो उपलब्धि मात्र हामीले महसुस गर्न सकेका छौँ र यसलाई पनि सकारात्मकरुपमा हेर्नु पर्ने हुन्छ जुन सुरुवात होl नेपालमा बर्तमान अवस्थामा राज्यको मुख्य शक्तिशाली अंगमा महिलाहरु पुग्न सफल भएता पनि अरु धेरैजसो क्षेत्रम महिलाहरु पुर्णरुपमा अगाडी बढ्न नसक्नुको कारण बिगतमा केहि एकात्मक पितृसतात्मक शक्ति हावी भएकोले आजसम्म पनि परम्परागतरूपमा समाजमा कुनै न कुनै बहानामा महिलाहरुलाई लैंगिक भेदभावको सिकार बनाउदै समान दर्जामा हेर्न नचाहेको र राज्यको तर्फबाट राजनीति जागरण र समानताको कुरा उठे पनि घर भित्रबाट नै लैङ्गिक असमानता खेप्दै आएका छन्  बिशेष गरेर ग्रामीण क्षेत्रका महिलाहरुको स्थिति नाजुक अवस्थामा रहेको देखिन्छ जुन आफूले पाउने सुविधा पाएका छैनन् रआफुले पाउनु पर्ने हकको लागि पनि बोल्न सक्दैनन् उल्टै छाउपडी, बोक्सी जस्ता कुसंस्कारलाई अंगाल्दै कानुन भन्दा माथि बसेर महिलाहरुमाथि समाजभित्र नै अमानविय व्यवहार गर्दै दर्दनाक हिंसा सहेर बस्न बाध्य बनाएको छ l राज्यले समानताको लागि ज्याला देखि घरेलु तथा कार्यस्थालको महिला हिंसासम्बन्धि ऐन बनाएको छ तर,धेरै भन्दा धेरै महिलाहरुले त्यसको उपयोग गर्न पाएका छैनन् कारण घर भित्रबाट नै आवाज दबाउने काम भएकोले महिलाहरु दबिएर बस्न बाध्य छन्l 

यस्ता खाले हिंसात्मक क्रियाकलाप विरुद्ध महिलाको हकमा आवाज उठाउन राष्ट्रिय महिला आयोग छ र आयोगमा उजुरी लिने र सुनुवाइ गर्ने काम पनि भइरहेको छ तर,यसमा प्राय पिडितहरुको पहुँच छैनl पहुँच नहुनुमा कारणहरु धेरै छन् जसमध्य मुख्यतःजनचेतनाको कमि,अशिक्षा, आर्थिकस्तर कम्जोर र  परम्परागत संस्कार जस्ता प्रमुख कारण हुन सक्छ यसको रोकथामको लागि यी मुख्य बिषयमा राज्य देखि समाजसम्म सबै एकजुट भएर अगाडी बढ्नुको बिकल्प छैन भन्दा दुइमत नहोलाl 

यसको लागि महिलाहरुलाई औपचारिक हिसाबले समृद्धिको लागि परिणाममुखी बनाउने हो भने टोल देखि गाउँ हुदै सहरसम्म बिशेष जनचेतनामूलक कार्यक्रमका साथ शिक्षा, स्वास्थ्य, आर्थिकस्तर र सबै क्षेत्रम प्रतक्ष्य सहभागिता गराउन अपरिहार्य छ र महिला आफै पनि डटेर लाग्नुको बिकल्प छैन नत्र भने बर्षेनी फरक फरक नारा लिएर बर्षमा एकचोटी महिला दिवस मनाउनुको औचित्य छैनl  

नैनकला राई

कुवेत






Related Posts
  • भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित
  • भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)
  • साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने
  • साँस्कृतिक मञ्चले “राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोग रकम हस्तान्तरण
  • पछिल्ला सम्प्रेसणहरु

    भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित

    भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

    साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस