आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

एनआरएनए कुवेतद्वारा मृतक अमृताको परिवारलाई आर्थिक सहयोग

परदेशी खबर २१ फाल्गुन २०७५, मंगलवार १८:१३ मा प्रकाशित ( ५ साल अघि) १५० पाठक संख्या

परदेशी खबर

मार्च ५,कुवेत | एनआरएनए एनसिसि कुवेतद्धारा पाल्पा जिल्ला रैनादेबी छहरा गाउँपालिका –४ घर भई घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत रहेको अबस्थामा मृत्यु भएकी अमृता दमाईकी परिवारलाई आर्थिक सहयोग गरेकोे छ ।

आमाको मृत्यु पश्चात अबिभाबक बिहिन भएका बच्चाहरुलाई केहि हद सम्म भए पनि राहत होस भन्ने उदेश्यले उक्त आर्थिक सहयोग गरिएको एनसिसि कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेलले बताएकी छिन । एनसिसि कुवेतको राहत कोषबाट कुवेती दिनार १३७ केडि ६६० फिल्स अर्थात नेपाली रुपैया ५१,००० (एकाउन्न हजार रुपैया) मृतकका आफन्त विष्णु दर्जीलाई BEC Money Exchange मार्फत उक्त सहयोग रकम एनसिसि कुवेतले पठाएको थियो ।

मृतकको शब नेपाल पठाउन समस्या भएको समाचार बाहिर निस्केपछि एनसिसि कुवेतले त्यस बिषयमा चासो लिएको थियो तर अन्तत नेपाली दुताबास कुवेतले नै मृतकको शब नेपाल पुर्याउने सम्पुर्ण ब्यवस्था मिलाएको थियो ।

No photo description available.