आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको सांस्कृतिक कार्यक्रमको लागि जुन १४ मा निशान भट्टराई कुवेत आउँदै

परदेशी खबर १५ फाल्गुन २०७५, बुधबार ०५:५७ मा प्रकाशित ( ५ साल अघि) २३७ पाठक संख्या

परदेशी खबर / फेब्रुअरी २७ , कुवेत । अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले आउँदो जुन १४ मा अतिथि कलाकार ल्याएर नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान साथै प्रथम बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

 

नेपाल आइडल पहिलो सिजनका फस्ट रनरअप निशान भट्टराईलाई  अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले  कुवेत ल्याउने भएको छ ।।

कार्यक्रमको तयारी हुँदै गरेपनि स्थान टुंगो लागी नसकेको अध्यक्ष सोम रसाईलीले जनाकारी दिएको  छ |

“मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ जय कला, जय कलाकार” भन्ने मूल नाराका साथ स्थापना भएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले गर्न लागेको प्रथम साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको दमदार प्रस्तुति रहने छ ।

मंचले उक्त दिन कुनैपनि कार्यक्रम नराखी सहयोग गरिदिनु हुन कुवेतमा क्रियाशील संघसंस्था तथा नेपाली समुदायलाई अनुरोध गरेको छ ।

थप जानकारी

मिति:- १४ जुन २०१९ शुक्रबार

समय:- दिनको ठिक १२:३० बजे

स्थान:- टुंगो लागिनसकेको (पछी जानकारी गराउने)