म मर्दा मलामी कति ?-

 

युवक राई

यादहरुको निश्चित आयु भैदिए ,

अनि मनहरुको मन भित्रै मृत्यु भैदिए l

सायद , सात समुन्द्र त के सात ग्रह पर जादाँनि,

सताउने नछोड्ने अतितलाई बिर्सन सक्थे l

चिन्ताहरुको काधमा

जिन्दगीलाई चिता तीर लादै गर्दा जति जति l

खै किन एकप्रकारको कौतुहलता छ मनमा ,

म मर्दा मलामी कति ?

जिन्दगीले यति धेरै भोगायो कि ,

यो लथालिङ्ग बर्तमानमा कलमले हैन l

संघर्सलाई नै कलम बनाएर ,

समयरुपी दिनरातको पानामा आफ्नै आत्मकथा लेख्न सक्थे l

म भित्रको, म हरुले ,

मलाई , मृत्यु संग आत्मसमर्पण गर्न लगाउछ जति जति l

खै किन उत्साहित ब्यग्र प्रतीक्षा छ मनमा ,

म मर्दा मलामी कति ?

किनकि जिन्दगीमा भोग्नु पर्ने भोगी सके ,

सुन्नु पर्ने सुनी सके अनि देख्नु पर्ने देखि सके l

केहि ऋण अनि जिम्मेवारी नभएको भए ,

घाट सम्म बसाई सरि सक्थे l

आवश्यकता ,

आलोचना ,

अपरिपक्वता ,

अभावहरुको

रंगले मधुरो इन्द्रेणी बन्दैछु म जति जति l

अझ खै मृत्यु पछि अन्तिम हिसाब गर्ने इच्छा छ मनमा ,

म मर्दा मलामी कति ?






Related Posts
  • एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा
  • कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस