आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

एनआरएनए कुवेतद्धारा राजदुत महामहिम यज्ञबहादुर हमालको बिदाई कार्यक्रम सम्पन्न

परदेशी खबर २० माघ २०७५, आईतवार ०४:१७ मा प्रकाशित ( ५ साल अघि) १५३ पाठक संख्या

परदेशी खबर

हरि लावती /फेब्रुअरी ३,कुवेत |गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्धारा नेपाली राजदूताबास कुवेतका लागि राजदूत महामहिम यज्ञबहादुर हमाल र उहाकि धर्मपत्नि रिता हमाललाई दोसल्ला ओढाई मायाको चिनो र कदर पत्र प्रदान गर्दै मिति १ फेब्रुवरी २०१९ शुक्रबारको दिन फर्वानिया स्थीत द्वाईही प्यालेस रेष्टुरेन्टमा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

परिषदले चार वर्षे कार्यकालमा राजदुत हमालले खेल्नु भएको भुमिकाको सम्मान गर्दै उहाको उज्वल भबिष्यको कामना गरेको थियो । परिषदका अध्यक्ष श्रीमती सुमित्रादेबी पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संयोजक गणेश रावतद्वारा स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव हरि लावतीले कार्यक्रम सहजीकरण गर्नु भएको थियो । विदाई कार्यक्रममा परिषदका सल्लाहकार सूजन केसी, सुरज मास्के, अन्तराष्ट्रिय कलाकार मञ्च कुवेतका अध्यक्ष सोम रसाइली, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ र आरडि क्रियशनको तर्फबाट दिल कुमार पाख्रिनले शुभकामना मन्तब्य दिनुभएको थियो ।

शुभकामना मन्तब्यको क्रममा वक्ताहरुले राजदूत हमालको चार बर्षे कार्यकाल सफल तथा उदाहरणीय भएको भन्दै सबै वक्ताहरुबाट राजदुत हमालको प्रशंसा गरिएको थियो । महामहिम राजदुतबाट कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र नेपाली राजदूतावस कुवेतको सहकार्यको चर्चा गर्दै एनसिसि कुवेतले गरेका मानविय कार्यहरुको प्रशंसा गर्नुभएको थियो । महामहिम कुवेतबाट बिदा भएपनि नेपालमा उहा कार्यरत रहने सरकारी निकायमा आफ्नो ढोका सदैब खुला रहने र परिषद लगायत कुवेतवासी नेपालीहरुले दिनुभएको माया, ममता, साथ सहयोग सदैब सजाएर राख्ने बताउनु भएको थियो ।

कार्यक्रमको समापन गर्दै परिषदका अध्यक्ष सुमित्रादेबी पौडेलले परिषदको निमन्त्रणालाई सहर्ष स्विकार गरी उपस्थित हुनुभएका अतीथीहरुमा धन्यबाद दिनुहुदै आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किन लाग्नु भएका महामहि राजदुतको उन्नती, प्रगती र उज्वल भबिष्यको कामना गर्नुभएकी थिइन ।