लुम्बिनी समाज कुवेतद्वारा मानसिक रोगिलाइ ५१ हजार आर्थिक सहयोग

दिलकुमार पाख्रीन/ २९ जनवरी, कुवेत। नवलपरासी बर्दघाट नगरपालिका वार्ड न. ४ बर्दघाट निवासी बर्ष २५ का विशाल चापागाईंलाई लुम्बिनी समाज कुवेतद्वारा ५१ हजार रुपैयाँँ आर्थिक सहयोग गरेको छ।

चापागाईं बिगत १८ बर्ष देखि मानसिक रोगले ग्रसित थिए। दिनमा सयौं पल्ट बेहोस हुने र केही सुर नपाउने भएपछि उपचारको लागि विभिन्न अस्पतालमा उपचार गराइएता पनि अझै सामन्य अवस्थामा नफर्किएपछि बिराटनगर स्थित नोवेल हस्पिटलमा उपचारका लागि ल्याएको छ। उपचारकै क्रममा धेरै खर्च भइ सक्दा पनि निको नभएकोले अहिले एक तर्फको मस्तिष्क अपरेसन गरि फाल्नुपर्ने भयको उनका परिवारले जानकारी गराएका छन।

उनको उपचारका लागि दैनिक ३५ हजार रुपैयाँ खर्च हुँदा उनको परिवारमा आर्थिक संकट परेको थियो। यो खबर पाएपछि लुम्बिनी समाज कुवेतले बिरामिको उपचारमा केही राहत मिलोस भन्ने उदेश्यले सहयोग गरेको संस्थाका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले बताएका छन। बिरामिको पहिलो अपरेसन सफल भइ अहिले नर्मल वार्डमा राखि उपचार भैरहेको छ। सहयोग रासी सहयोगी संस्थाका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको नामबाट कुवेतबाट अमन एक्स्चेन्ज मार्फत रुबि चापागाईंको नाममा पठाइएको छ।






Related Posts
  • कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

    कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन

    रसुवाका धनकृष्ण ग्याबाको कुवेतमा निधन

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस