गायक तथा संगीतकार कुमार तामाङको सेम ह्रो २ बजारमा

परदेशी खबर

जनवरी २१,कुवेत |गायक तथा संगीतकार कुमार तामाङको “सेम ह्रो” नामक एल्बमको सफलता पछि यसै एल्बमको दोश्रो भाग “सेम ह्रो २” तामाङ दोहोरी गीत सेलो म्युजिक प्रोडक्सनले युट्युब मार्फत बजारमा ल्याईसकेको छ।

यस गीतमा शब्दकार जनक थोकरको शब्द रचना रहेको छ भने संगीत गायक स्वयम कुमार तामाङले नै गर्नु भएको छ। तामाङलाई वरिष्ठ गायिका इन्दिरा गोले गुरुङले साथ दिनु भएको छ। यस गीतमा नोर्बु शेर्पाको एरेन्जर र सुमन खड्काले मिक्सिङ गर्नुभएको छ भने रेकर्डिङ पर्पल स्टुडियोमा गरिएको सम्पन्न गरेको हो। पर्देशी र घरदेशीको समसमयिक विषयवस्तुमा रहेर रचिएको यस गीतलाई धेरै श्रोत दर्शकले मन पराउनेमा आफुहरु ढुक्क रहेको शब्दकार जनक थोकरले जानकारी दिनुभएको छ।

यस गीतमा नेपालमा गएको महा भुकम्प, पर्देशीले पर्देशमा भोग्नु पारेको पीडा, गरिबीको वेदना, देशको राजनीतिक अस्थिरता र समसमयिक परिस्थितिलाई उतार्न खोजीएको छ। यो गीतको शब्द लेखनको क्रममा भएको कठिनाइलाई सहज बनाउन सहयोगी भुमिका संचारकर्मी युग लामा थिङले गर्नुभएको छ। “सेम ह्रो २”को सम्पुर्ण समुहलाई सफलताको शुभकामना।






Related Posts
  • भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित
  • भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)
  • साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने
  • साँस्कृतिक मञ्चले “राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोग रकम हस्तान्तरण
  • पछिल्ला सम्प्रेसणहरु

    भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित

    भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

    साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस