लुम्बिनी समाज नेपाल-कुवेतले मार्च १५ मा आफ्नो छैटौं वार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाईदै

परदेशी खबर

जनवरी १९, कुवेत | कुवेतमा क्रियाशील रहेका लुम्बिनी समाज नेपाल- कुवेतले आफ्नो छैटौं वार्षिकोत्सव नेपालका चर्चित कलाकारको साथमा विभिन्न सांस्कृतिक गरि मनाउने भएको छ |

मार्च १५ तारिख शुक्रबारको दिन नेपालबाट आमन्त्रित कलाकारको साथ भब्य रुपमा मनाउने तयारी थालेको समाजका अध्यक्ष रुपेन्द्र विक्रम हमालले जानकारी दिनु भयो | कुवेतमा सामाजिक कार्यमा समर्पित लुम्बिनी समाज कुवेतको कार्यहरु असंख्या छन | अस्पताल रहेका विरामी देखि नेपालमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्ति सम्मको सामाजिक कार्यमा रहेका लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापनाको छैटौँ वर्षलाई विशेष सांस्कृतिक कार्यक्रम गरि मनाउन लागेको बताए |

“सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” मुल नारा लिएर सन २०१३ मा स्थापना भएको समाजले विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गरेर नेपाल फर्काउन पहल गर्नुका साथै आर्थिक सहयोग पनि गर्दै आईरहेको छ् । विदेशमा मात्रै आफ्नो सामाजिक काममा नरहेर नेपालमा विभिन्न समयमा आउने प्राकृतिक बिपत्तिमा परेका हरुलाई पनि सहयोग गर्दै आईरहेको समाजले विकटमा ठाउका गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई लुम्बिनी सेवा समाज छात्रब्रिद्दि कोष अन्तरगत छात्रव्रिद्दी सहयोग पनि गरिरहेको छ् ।






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस