आगामी ३ वर्षमा क्यानडाले १० लाख विदेशीलाई वासोवासको नागरिकता दिने


काठमाडौं , २८ पौष | क्यानडाको संसदले आगामी ३ वर्षमा १० खाल नयाँ पीआर(स्थाई बासिन्दा) थप्ने घोषणा गरेको छ । यसको अर्थ प्रत्येक वर्ष उसले आफ्नो देशको कुल जनसंख्याको १% बराबार मानिसहरु विदेशबाट लिदैंछ ।
सन् २०१७ मा क्यानडाले २,८६,००० स्थाई बासिन्दालाई स्वागत गरेको थियो । अब नयाँ योजना पारित भएपछि यो वर्ष उसले ३, ५०,००० आप्रवासीहरु लिने छ । यो संख्या सन् २०२० मा ३,६०,००० र सन् २०२१ मा ३,७०,००० पुग्नेछ ।

‘इतिहासकालभर हामीहरुले स्वागत गरेका नव प्रवेशीहरुहरुको कारणले क्यानडा हामीहरु सबैको लागि खुसीयाली मनाउन सकिने एक बलियो र जीवन्त समाजमा बनेको हो,’ क्यानडाका अप्रवासन, शरणार्थी तथा नागरिकतासम्बन्धी मन्त्री अहमद हुसेनले भने ।

हुसेन आफै पनि कुनै समय सोमालियाबाट आप्रवासीका रुपमा क्यानडा आएका थिए । उनले नयाँ आउनेहरुले देशको घट्दो जन्मदर र बढ्दो बृद्ध जनसंख्याले गर्दा श्रम शक्तिमा पर्ने असरलाई न्यूनिकरण गर्ने बताए ।

क्यानडाले नव प्रवेशीहरुप्रति थप मैत्रीपूर्ण नीति त्यो बेला पनि आएको छ, जब संयुक्तराज्य अमेरिकासमेत कयैन पश्चिमा राष्ट्रहरु आप्रवासन नीति प्रति बन्देजकारी नीति अंगिकार गरिरहेका छन् ।
क्यानडाले विशेष गरेर शरणार्थीहरुको सुरक्षा दिने कुरामा ध्यान दिने गरेको छ ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले सन् २०१७ मा अप्रत्यासित स्तरमा शरणार्थीको संख्या मापन गर्यो । यस वर्ष जबरजस्ती विस्थापित हुनेहरुको संख्या ६.८५ करोड पुगेको छ । क्यानडाको आप्रवासन, शरणार्थी तथा नागरिकता मन्त्रालयले विश्वव्यापी पुनर–बसोबास पहललाई ५६ लाख अमेरिकी डलर दिने वाचा गरेको छ । एजेन्सी






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस