तेस्रो म्हेन्दोमाया म्युजिक आवर्डको नोमिनेशन सार्वजनिक, अवार्ड कार्यक्रम आगामी माघ १७ गते

परदेशी खबर, काठमाण्डौ

`
पुष २६- गत पुष २३ गते शनिबार नयाँबजार स्थित सम्राट पार्टी ल्यालेसमा म्हेन्दोमाया म्युजिक अवार्डको नोमिनेशन सार्वजनिक भएको थियो ।

कर्स्योल मिडिया र बर्ल्हु म्हेन्दो डिजिटल प्रालिको संयुक्त आयोजनामा आयोजित तेस्रो म्हेन्दोमाया म्युजिक अवार्डको नोमिनेशन समारोह अध्यक्ष एम्बी गुरुङको सभापतित्वमा र बरिष्ठ कलाकार मिन सगर लामाको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई कार्यक्रम संयोजक आशिस गोंबो तामाङले शुभकामना मन्तब्यद्धारा स्वागत गरिएको थियो भने कार्यक्रम सुक सगर लामाले संचालन गरेको थियो ।

२०७४ माघ १गतेदेखि २०७५ पुष १५ गते सम्म अधिकारिक रुपमा  सार्वजनिक भएको अडियो र भिडियो संग सम्बन्धित सर्जकहरुले मात्र म्हेन्दोमाया म्युजिक अवार्डमा भाग लिन पाउने व्यवस्था रहेको थियो ।

नयाँ र पुरानो गरि २२ विधा रहेको नोमिनेशनमा उत्कृष्ट ५ भित्र पर्न सफल कलाकारहरुले फेसबुक लाइक मार्फत पब्लिक चोइस पाउने छन् भने बाकि फेसबुक लाईकको मुल्यांकन रहनेछन ।

तेस्रो म्हेन्दोमाया म्युजिक आवर्डको नोमिनेशन यस प्रकार रहेको छ ।

नयाँ विधा
गीतकार
कर्ण बहादुर तामाङ – कवाईलिकी छमे
सबिना तामाङ – ढाकै चोली
राज के लोप्चन – खजुरबोटे दोङबोरी

संगीतकार
टीका बम्जन – टुनो युनाले

गायक
रोम लामा – ढाकै चोली
दिल कुमार पञ्चथेन – ए अले ङै स्याङबो
शिशिर थोकर – सेम्चावती
रेशा तामाङ – सङा मकै
समिर तामाङ – छामे ङोजिम
युनिक दोङ – अनि जामे खै

गायिका
जेसुम वाईबा – म्हारकी न्हाली
फुल माया तामाङ – ‍चट्ट मायालु
सिरिया वाईबा – नाना चाङ्बै नन्दा
मिन माया तामाड्ङ – स्हामा चोली
कल्पना तामाङ – दालमी मस्याङ्ला
विनिशा दोङ – मोरमोर साम्री नाम्साला

कोरियोग्राफर
विजय तामाङ – कवाईलीकी छामे
जोन राई +- ढाकै चोली

निर्देशक
विजय तामाङ – कवाईलीकी छामे
जोन राई – ढाकै चोली

मोडेल पुरुष
रोजन तामाङ – सङा मकै
विजय तामाङ – दङो होई दङो
आईते तामाङ – वाकाराहा

मोडेल महिला
शुशिला मम्बा – दङो होई दङो
मिना लामा तामाङ – म्हेन्दोमाया ब्याटल
निशा तामाडङ – सवाङ नम्सा
प्रिति तामाङ – सङ मकै
रेखा पाख्रिन – न्हाली मर्तोला
दिल कुमारी तामाङ – क्योन्ज्यसोम
पुरानो विधा
गीतकार
शैलाप वाईबा – ताम्सलिङरी होई
बनु लोप्चन तामाङ – म्हरकी न्हाली
युवि मङग्रेसा – बोमतङ नम्सा
सन्दिप स्याम्चेन – म्हेन्दोमाया म्हानेदोरा

सगीतकार
शैलाप वाईबा – स्यामा गुनेरी
युवि मङग्रेसा – म्हरकी न्हाली
रोशन फ्युबा तामाङ – नयाँ जोबन
मिना लामा – ढाकै चोली
सन्दिप स्याम्चेन – म्हेन्दोमाया म्हानेदोरा

एरेन्जर
पवन वाङ लामा – स्यामा गुनेरी
आर.बि. लामा सिङदान – युङपै ल्हाङ

गायक
युवि मङग्रेसा – बोम्ताङ नम्सा
किर्ति तामाङ – हवै जोरी
रोशन फ्युबा तामाङ – छच्चबारी छ
कान्छा लामा – दङो होई दङो
सुमन घले – ताम्सालिङ
सरोज एक्स वाईबा –चट्ट मायालु

गायिका
मिना लामा – ढाकै चोली
रितु लामा – स्यामा गुनेरी
सीता लामा – म्हेन्दोमाया ब्याटल
लक्ष्मी स्याङतान – थारेङ ग्याम्चे
विना घले – अनि जामे खै

कोरिये ग्राफर
राज किङ वाईबा – सङ मकै
सिङ्गा बि तामाङ – ताम्सालिङरी होई
मुन्ना घले – सवाङ नम्सा

निर्देशक
राज किङ – म्हरकी न्हाली
रोशन फ्युबा तामाङ –नया जेवन
मुन्ना घले – सवाङ नम्सा
लामा भाई – युङ्पै ल्हाङ
सिङ्गा बि तामाङ –छुनाले

क्यामेरापर्सन
लामा भाई – युङ्पै ल्हाङ
सन्चु थोकर – वाका राहा
दिपेन्द्र भट्ट – म्हेन्दोमाया ब्याटल
मरुभुमि नारायन – त्रिशुलीको कान्छी बदाम

सम्पादक
राज किङ वाईवा – म्हरकी न्हाली
लामा भाई – युङ्पै ल्हाङ
सुरज लामा – कवाईलीकी छामे
जोन राई – ढाकै चोली
दिपेन्द्र भट्ट – म्हेन्दोमाया ब्याटल
रोशन धिताल – त्रिशुलीको कान्छी बदाम

मोडेल पुरुष
राज किङ वाईवा – म्हरकी न्हाली
यन्चु तामाङ – ढाकै चोली
एरिन तामाङ – राच्चा मेच्चा
मुन्ना घले – सवाङ नाम्सा

मोडेल महिला
रुपा एस घले – म्हारकी न्हाली
एन्जिला वाईबा – म्हेन्दोमाया ब्याटल
रितु लामा – स्हामा गुनेरी
सुनिता वाईवा – साम्री नाम्सै छामे
पुर्णिमा लामा – ढाकै चोली

बेष्ट म्हेन्दोमाया गीत
रोम लामा – ढाकै चोली
राज किङ वाईवा – म्हरकी न्हाली
रितु लामा – स्यामा गुनेरी
सीता लामा – म्हेन्दोमाया ब्याटल
राज गोम्जा – क्रसु युबे अखु स्योङ

बेष्ट म्हेन्दोमाया भिडियो
रोम लामा – ढाकै चोली
रुपा एस घले – म्हरकी न्हाली
रितु लामा – स्यामा गुनेरी
सीता लामा – म्हेन्दोमाया ब्याटल
राज गोम्जा – क्रसु युबे अखु स्योङ

म्हेन्दोमाया फिलिङ्स गीत
रोम लामा – ढाकै चोली
राज किङ वाईवा – म्हरकी न्हाली
रितु लामा – स्यामा गुनेरी
सीता लामा – म्हेन्दोमाया ब्याटल
मेघ बहादर – तामाङ सवाङ नम्सा

आशिक गोङबो तामाङ
म्हेन्दोमायाको उत्पति: म्हेन्दोमाया कहाँ र कहिलेबाट सुरू भएको हो भन्ने लिखत प्रमाणहरु त भेटिएका छैनन् तर यसको उत्पति १९औ सताप्दी भन्दा अगाडी भएको हो भन्ने अनुमान लगाउन सकिन्छ । म्हेन्दोमायाका अनुयायीहरु बिगेन्द्र एस. वाईबा, गोपाल फ्युबा, लेक योन्जन, युबी मोङग्रेसा, रोशन फ्युबा तामाङ, सगर एस. वाईबा, च्याउकी माया तामाङ, आशिक गोङ्बो तामाङ, हेम वाईबा र म्हेन्दोमाया श्रेत्रका पुराना सर्जकहरुको अनुसन्धान र नुवाकोट, रसुवा र धादिङका विभिन्न गाउँका अनुयायीहरुसंग छलफल गर्दा म्हेन्दोमाया भिन्न भिन्न गाउँमा फरक फरक समयमा गाउन थालेको पाईन्छ । त्यसैले यसको उत्पती यो काल खण्डमा भएको हो भन्ने स्पष्ट धारण व्यक्त गर्न सकिन्न ।

म्हेन्दोमाया के हो ?
“म्हेन्दोमाया” तामाङ समुदायमा अत्यन्तै लोकप्रिय एउटा संगीत विधा हो । यो बिशेषगरी नुवाकोट, रसुवा र धादिङ जिल्लाका उच्च पहाडी तथा हिमाली (ल्हापसङकर्पो) भेगमा बसोबास गर्ने सुन्दर तामाङ बस्तीहरुमा तामाङ भाषामा तामाङ जातिले नै गुञ्जाउने र तामाङ बस्तिहरुमा नै गुञ्जीने एउटा अति महत्वपुर्ण र अत्यन्तै आवश्यक संगीत हो । यसलाई पश्चिमी भेगका तामाङ जातीले आफ्नो समाजको मुख्य साँस्कृतिक नाच, मुख्य गीत र एक अति महत्वपूर्ण गहनाको रुपमा लिएको पाईन्छ । जहाँ महिला र पुरुषले अत्यन्तै मिठासपुर्ण तरिकाले कुनै पनि शुभकार्य, चाडपर्ब, बिबाह, ब्रतबन्ध, घेवा(अन्तिम संस्कार) तथा अन्य बिभिन्न कार्यक्रमहरुमा कुनै एक सर्त (चिनो साट्ने, मायाप्रेम गाँस्ने तथा विवाह गर्ने सम्मको सर्त राख्न पनि पछि पर्दैनन्) राखी महिला एकतिर र पुरुष अर्कोतिर कम्मरमा कम्मर मिलाई, एक आपसमा खुट्टाको कवाज मिलाई(स्याफ्रु डिक्जीम), कुममा कुम र हातमा हात बाधेर बिचमा सगुन राखी आफ्नो गला र कला देखाउदै गाउने, नाच्ने र नचाउने गर्दछन् ।

यतिबेला एकले अर्कोलाई प्रश्न गर्ने तथा जवाफ दिई आफ्नो मनका कुराहरु ब्यक्त गरी उपस्थित सबैलाई रमाईलो गराउने र गर्ने गर्दछन् । यसरी सवाल जवाफमा जो हार्छ उसले सर्तलाई सहर्ष स्वीकार गर्नु पर्दछ । म्हेन्दोमाया गाउने मात्र नभई संगै नाच्ने पनि हुनाले म्हेन्दोमायाको आफ्नै मौलिकता छ । एकताका लोप भईसकेको म्हेन्दोमाया गीतहरुलाई हाल आएर सर्जकहरुले आफ्नो कला तथा गलाको प्रयोग गरी सजिलै हेर्न तथा सुन्नको लागि Audio तथा Video मा उपलब्ध गराईरहेका छन् ।

बिगत दुई दशक भन्दा अगाडी तत्कालीन म्हेन्दोमाया युवा समजको सक्रियमा हेम वाईबाको शब्द संगीतमा यो विधालाई Audio रVideo मार्फत सार्वजानिक रुपमा औपचारिकता दिएको पाईन्छ । हाल आएर यो विधाको अनुसन्धान तथा व्यावसायीक हिसाबले थुप्रै ब्यक्तित्वहरु लागी परेका छन र लाग्ने क्रम पनि बढीरहेको पाईन्छ । समय र परिस्थिति अनुसार म्हेन्दोमाया गितहरुले बिस्तारै आफ्नो सीमित क्षेत्रलाई बीट मार्दै विश्वव्यापीकरणको बाटोतर्फ उन्मुख हुदैछ र समाजसंगै म्हेन्दोमाया पनि बिस्तारै आधुनिकता तर्फ फड्को मारीरहेको छ र यो विधाको तिब्र रुपमा बिकास पनि हुदै गईरहेको छ । जसले गर्दा प्राय गितहरुले समाजमा सकरात्मक सन्देशहरु फैलाईरहेको छ भने केही गीतहरु नकरात्मक सन्देश दिने खालको पनि सृजना भएका छन् । समाजमा सकरात्मक सन्देश दिने गीतहरुलाई प्रशंसा गरेर नकरात्मक सन्देश दिने खालको यस्ता गितहरुलाई सबैले बहिष्कार गर्नु अत्यन्तै आवश्यक देखिन्छ । नत्र ! म्हेन्दोमायाको अस्तित्व सखाप नहोला पनि भन्न सकिन्न ।

विकासक्रम:-
राजधानी देखि पश्चिमका तामाङहरुको मौलिक र परम्परागत गीत भाकाहरु तामाङ पहिचान र चिनारीको लागि अत्यन्तै महत्व छ । जस मध्ये ‘म्हेन्दोमाया’ बिशेष अत्यन्त लोकप्रिय भाका हो । तामाङहरुको जीवन शैली र जीवन पद्धतिमा खास भूमिका राख्ने यो भाका र नाचले खासै चर्चा र प्रचार नपाएर ओझेलमा परेका म्हेन्दोमाया भाकाहरु समेटिएको एल्बम पहिलो पटक हेम वाईबाको संगीत संकलनमा म्युजिक नेपालमा रेकर्ड गरि बि. स. २०५६ सालमा “म्हेन्दोमाया” एल्बम -म्हेन्दोमाया युवा समाज नेपालले बजारमा ल्याएको थियो । जसमा ८ वटा गीतहरु रहेको थियो । ति गीतहरु मध्ये एउटा गित लेक योञ्जनले अगाडी नै रेकर्ड गरिसकेका थिए । रेडियो नेपालको फुलबारी कार्यक्रममा बि. स. २०४७/४८ सालतिर म्हेन्दोमाया भाकाको पहिलो रेकर्ड लेक योञ्जनको स्वरमा भएको थियो । तत्कालिन समयमा ‘म्हेन्दोमाया युवा समाज नेपाल’ को सामाखुसी स्थित कार्यालयमा हेम वाईबाले गितार, हार्मोनियम तथा किबोर्ड बजाउदै कलाकारहरु रमला पाख्रिन, कमला पाख्रिन, योगिता मोक्तान र पूर्ण पाख्रिनलाई अभ्यास गराएका थिए ।

राम्रो अभ्यास पश्चात मात्र कलाकारहरुलाई स्वर रेकर्डको लागि काठमाडौँ अनाम नगर स्थित म्युजिक नेपालको रेकर्डिङ स्टुडियोमा जाने गरेका थिए । एल्बम “म्हेन्दोमाया” सिमित बजारहरुमा मात्र पाईए पनि एल्बमको लोकप्रियताले दोस्रो म्हेन्दोमाया एल्बम निकाल्ने तयारी गरियो । हेम वाईबाको संगीत संकलन र विभिन्न व्यक्तिहरुको शव्द संकलनमा केहि महिनासम्म कलाकारहरुलाई अभ्यास गराई गोंगबु स्थित रोधी डिजिटल स्टुडियोमा सबै गीत रेकर्ड गरे । त्यसपछि बि. स. २०५९ साल तिर त्यस संस्थाले दोश्रो एल्बम “कप्चंग” निकालेका थिए । सोहि एल्बममा थप नया कलाकारको रूपमा सागर एस. वाईबा लाई प्रवेश गराएका थिए ।

बि. स. २०६२ सालमा अमृत थोकरको शब्द संकलनमा हेम वाईबाको संगीतमा थप नयाँ कलाकरहरुको प्रवेशमा एल्बम “ल्हाल्हुंग” निकालेका थिए । म्हेन्दोमाया भाकाको तेस्रो एल्बम पश्चात बि. स. २०६२ सालमै चौथो एल्बमको रुपमा सागर एस. वाईबाको “साईकल कोरोरो ” एल्बम म्युजिक डट कमले बजारमा ल्याएको थियो । यस एल्बमले राम्रो लोकप्रियता हासिल गर्न सफल भयो । त्यस एल्बम पश्चात हालसम्म आईपुग्दा कयौ म्हेन्दोमाया भाकाको एल्बम र कलाकारहरु आगमन हुने क्रम तिब्ररुपमा बढिरहेकोले म्हेन्दोमाया गीत संगीतलाई हुर्काउने र बढाउनेहरु सकारात्मक रुपमा वृद्धिभएको छ । म्हेन्दोमाया गीत भाका पनि स्थानिबाट राष्ट्रिय र राष्ट्रियबाट अन्तराष्ट्रीय सम्मान पाउन समेत सफल भैसकेको छ ।






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस