प्रधानमन्त्रीलाई चोली लगाएर घुमाउने चेतवनी सहितको व्यंग्यात्मक र्‍याप गीत सार्वजनिक

परदेशी खबर/०९ जनवरी, कुवेत। र्‍याप गायक सुशील पाख्रीनको पहिलो र्‍याप गीत “ओइ प्रधानमन्त्री, तिम्लाइ लगाएर चोली घुमाउने बेला भाको रैछ आजभोली” बोलको  व्यंग्यात्मक गीत सार्वजनिक भएको छ। दुई तिहाइको बाम सरकार बने पछि झम जनता मारमा परेको महसुस गर्दै गायक पाख्रीनले प्रधानमन्त्रीको क्रीयाकलापलाइ ब्यङ्यात्मक शैलिमा र्‍याप गीत बनाएका छन। गीतमा देशमा बिकृतिले बिकराल रुप लिँदा पनि सरकारले कुनै खास कदम चालेर जनतालाइ न्याय दिन नसकेको र त्यसको जिम्मेवार प्रधानमन्त्री भएकोले प्रधानमन्त्री माथी आक्रोश पोखिएको भेटिन्छ।

आमा सुनिता योन्जन र बाबा इन्द्रबहादुर पाख्रीनका छोरा सुशील पाख्रीन मकवानपुर आमभन्ज्याङ्का हुन। भानु उच्च माध्यमिक विद्यालयमा कक्षा १२ को ब्यबस्थापन संकायमा अध्यनरत पाख्रीन अहिले १८ बर्षका भए। सानैदेखी र्‍याप गीत सुन्ने गायक पाख्रीन vten, yamabuddha, र laaure को र्‍यापबाट प्रभावित भएर गीत लेख्ने र गाउने गर्न थालेको बताउँछन। यो गीत पनि आफैले लेखेका हुन।

“समाजमा र्‍याप गीत र गायकलाइ हेर्ने दृस्ठिकोण फरक छ। सिधै भन्नुपर्दा र्‍याप गीतलाइ छाडा गीत भनिन्छ। त्यही दृश्टिकोणलाइ परिवर्तन गर्न मेरो पनि दायित्व हो भन्ने लागेर म यश क्षेत्रमा लागेको हुँ।” उनले बताए। थप्दै उनले भने “मैले यस्तै समाज परिवर्तन, हत्या हिंसा, बलात्कार र कुलत सम्बन्धि थुप्रै गीतहरु लेखिसकेको छु। तर रेकर्ड भएका छैनन। तिनै गीतहरुलाइ रेकर्ड गर्दै सांगीतिक क्षेत्र त्यसमा पनि र्‍याप क्षेत्रलाइ मर्यादित बनाउन पहल गर्नेछु।”






Related Posts
  • तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस