नेपाली राजदुतावास कुवेतको पहलमा सन् २०१८ भित्र १८ जनाले पाए माफी,घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरूले क्षतिपुर्ति

परदेशी खबर

जनवरी ७,कुवेत | नेपाली राजदुतावास कुवेतको पहलमा सन् २०१८ भित्र १८ जनाले आममाफी पाएर नेपाल फर्किसकेका छन |वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्तिका लागि यस राजदूतावासले कानुन व्यवसायीको सहयोग तथा परामर्श लिएर गरेको निरन्तरको कार्यको फलस्वरूप सन् २०१८ मा घाइते एवं मृतक कामदारहरूको क्षतिपूर्ति वापतको बिमा रकम, बाँकी तलब, सेवापश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग आदि  गरी  २,४८, ८३३।५५ कुवेती दिनार ( नेपाली रूपैया करीब आठ करोड सन्ताउन्न लाख चालिस हजार) प्राप्त गरी सम्बन्धित कामदारहरूका कानूनी हकदारहरूलाई उपलव्ध गराइदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न समयमा पठाएको  छ ।

उक्त कूल रकममा देहायमा उल्लिखित कामदारहरूको रकमको अतिरिक्त अन्य ३६ जना मृतक कामदारहरूको नाममा प्राप्त भएको १०,९३३।५१ कुवेती दिनार (अमेरिकी डलर ३५,९३८।५२) समेत समावेश गरिएको छ । सन् २०१८ मा राजदूतावासद्वारा कुवेतको घरेलु कामदार एवं कम्पनी क्षेत्रमा कार्यरत नेपाली कामदारहरूका विभिन्न जटिल समस्याहरू समाधान गर्नुका साथै गम्भिर समस्यामा परेका कम्पनी क्षेत्रका १३२ जना कामदार र ४४५ जना घरेलु कामदारहरूलाई उद्वार एवं राहत र अन्य सहयोग प्रदान गरी स्वदेश पठाउने कार्य गरिएको छ ।

त्यसैगरी, कुवेत सरकारले घोषणा गरेको आममाफी अवधि (२९ जनवरी देखि २२ अप्रिल २०१८) मा गैरकानुनी हैसियतमा रहेका ३७२० जना नेपालीहरूलाई यात्रा अनुमतिपत्र एवं अन्य आवश्यक कन्सुलर सहयोग प्रदान गरी नेपाल फिर्ता पठाइएको छ । त्यसको अतिरिक्त गत वर्षमा कुवेतमा ह्दयघात, विभिन्न स्वास्थ्यसम्बन्धी रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने दुर्घटना आदिका कारण मृत्यु भएका ४८ जना (३६ पुरूष र १२ महिला) नेपाली कामदारहरूको शव कानुनी प्रकृया पूरा गरी राजदूतावासबाट तत्कालै नेपाल पठाउने कार्य सफलता पुर्वक गरेको छ  । 


कुवेतको कारागारमा विभिन्न अपराधको सजाय भोगिरहेका नेपालीहरूको सजाय माफीका लागि कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले कुवेत सरकारका उच्च पदाधिकारीहरूसंग विभिन्न समयमा भेटघाट तथा कुराकानी गरी आग्रह गर्नुका साथै राजदूतावासबाट लिखित पत्राचार समेत भएको परिणामस्वरूप गत वर्ष कुवेतको कारागारमा रहेका ७६ जना नेपालीहरूमध्ये मृत्यूदण्डको सजाय पाएका २ जनाको सजाय आजीवन कारावासमा परिवर्तन हुनुका साथै १८ जनाको सजाय माफी भई  नेपाल फर्किसकेका छन् ।

Image may contain: text






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस