म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले ८ मार्चमा अधिबेशन गर्दै

परदेशी खबर

जनवरी ७,कुवेत | म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ ।

कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो । म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरु द्वारा गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले छोटो समयमै कुवेतमा कार्यरत म्याग्देली पीडितहरुको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ, भने स्वदेशमा समेत दुखी गरिबको लागि आर्थिक सहयोग गर्दै आएको छ ।

कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाहरु संग पनि सहकार्य गर्दै आएको छ । कुवेतमा कृयाशिल संघ सस्थाहरु संग आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उक्त ८ मार्चका दिन कुवेतमा कृयाशिल कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाइदिनको लागि पनि मोना कुवेतले आग्रह गरेको छ ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको ऐतिहासिक प्रथम अधिबेशन समारोह भब्य र सभ्य रुपमा सफल पार्न उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ । कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको छ ।

स्थान :- फर्वानिया, कुवेत (अल हाइतम रेस्टुरेन्ट पछाडीको हल)
मिति :- ०८ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ११:०० बजे
थप जानकारीको लागि :- संयोजक :- प्रेम बहादुर बिश्वकर्मा (+965 517 84715)






Related Posts
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
  • ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    थारु कल्याणकारिणी सभा यूएई द्वारा आयोजित माघी उत्सव भब्यरुपमा सम्पन्न

    नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न

    तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस