किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८, २०१९ मा हुने

परदेशी खबर

हरि लावती / जनवरी ७,कुवेत |किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८ २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ ।

गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले उक्त निर्णय गरेको थियो । लिम्बु जातिहरुको मौलिक परम्परा झल्किने प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो ।

“हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ हुन लागेको कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङ, कुवेतका पुर्व उपाध्यक्ष श्री हरि लावतीलाई जिम्मेवारी दिइएको छ । कुवेतमा क्रियाशिल सबै संघ संस्थाहरुसंग सहकार्य र हातेमालो गर्दै आएको यस चुम्लुङले सोहि दिन नया कार्यसमिती चयन गर्ने छ भने फर्वानिया स्थीत यूनिक अडिटोरियम हलमा कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम सफल पार्नको लागि कुवेतमा क्रियाशिल सम्पुर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिबी, समाजसेबी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि किरात याक्थुङ चुम्लुङले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम
मिति : फेब्रुवरी ८, २०१९ शुक्रबार ।
स्थान : यूनिक अडिटोरियम हल, फर्वानिया ।
समय : मध्यान्ह १२:०० बजेदेखि ५:०० बजे सम्म ।






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नेपाली रक्तदाता संघ स्थापना, अध्यक्षमा रुपेन हमाल :

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २ हजार ४४१ सङ्क्रमित, ५९० नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस