आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

सिमा कार्की “समर्पण”का चार रुवाई

परदेशी खबर ११ पुष २०७५, बुधबार १९:११ मा प्रकाशित ( ५ साल अघि) ३३८ पाठक संख्या


1)
कहिले झगडदै अनि कहिले लड्दै साथ नै रह्यौं हामी
गन्तव्य फरक फरक भए पनि एउटै बाटोमा गयौं हामी ।
अर्ति : उपदेश अनि ज्ञानको प्रकाशले सिगार्दै लैजादा खेरी
नङ र मासु झै सहारा बनी हरपल समीपै भयौं हामी ।

2)
किनारको पानी सुके झै सम्बन्ध नसुकोस् हाम्रो भन्छु म
तुफानमानि भावनात्मक सम्बन्ध नछुटोस् हाम्रो भन्छु म ।
अनेकौं बाधा अाउने छन्, भने अाउने छन् दुरी हरपल यहाँ,
यसैले छुटेरै जाअोस् गाँस बरु साथ नछुटोस् हाम्रो भन्छु म ।

3)
यी लोचनहरुमा अाँसु सुकाएर हाँस्नु पर्ने रहेछ यहाँ
र मन भित्र अनेकौं कष्टहरु छुपाएर हाँस्नु पर्ने रहेछ यहाँ ।
सुख अनि दुःख जिन्दगीको दुई पाटो भएर होला सायद ,
गाँठो पारेको दुःखहरु लाई फुकाएर हाँस्नु पर्ने रहेछ यहाँ ।

4)
जात र भातको यो युद्धमा सम्बन्ध नटेढियोस् साथी
उच्च अनि नीचको नजरले कहिल्यै नहेरियोस् साथी ।
अधिक बिश्वासले घात दिलाउछ भन्ने त्यो कहानीमा ,
हो बिश्वासले बनेका हाम्रो सम्बन्ध नफेरियोस् साथी ।

सिमा कार्की “समर्पण”
पाँचखाल काभ्रे हाल प्रवास