आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

संघीय सरकारले हटाएको बिदा रोशीले दिए

परदेशी खबर ११ पुष २०७५, बुधबार १२:५७ मा प्रकाशित ( ५ साल अघि) ४०३ पाठक संख्या

काभ्रेको रोशी गाउँपालिकाले ल्होछार (नयाँ ) मा बिदा दिने घोषणा गरेको छ ।

सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

आगामी माघ २१ देखि २३ गतेसम्म बिदाको घोषणा गरेको गाउँपालिका अध्यक्ष दलबहादुर (डिबी) लामाले जानकारी दिए । उनले भने गाउँपालिकाभित्र रहेका सबै सरकारी, गैरसरकारी संघसंस्थालाई बिदा दिने निर्णय भएको हो ।

७० प्रतिशत तामाङ समुदाय रहेको रोशीमा ल्होछारलाई सांस्कृतिक पर्वको रुपमा मनाउने भएकाले बिदा दिने निर्णय गरेको उनले बताए ।

नेपाल सरकारले आदिवासी जनजातिको सबै पर्वहरुको बिदा कटौती गरेका थिए । संविधानले स्थानीय सरकारलाई दिएको अधिकार अनुसार बिदा दिने निर्णय गरेको अध्यक्ष डिबीले बताए ।

अध्यक्ष लामाका अनुसार घोषित गुरु योजना डम्फू निर्माणको लागि जग्गा खोजी र नक्सा कोरिने काम अघि बढेको पनि बताए ।

सम्भवतः प्रदेश ३ मा रहेको स्थानीय तहमध्येकै पहिलो निर्णय रोशीले गरेको छ ।

सैलुङअन्लाइनबाट