प्रथम म्हेन्दोमाया फुटसल कप २०७५ को उपाधि पाटो म्हेन्दोले चुम्यो

लामा भाई, काठमाण्डौ


पुस १- प्रथम म्हेन्दोमाया फुटसल कप २०७५ को उपाधि पाटो म्हेन्दो प्रोडक्सन प्रालिले जितेको छ भने जम्बुलिङ फिल्मस् प्रालिले दोस्रो स्थान साथै रुबी भ्यालीले तेस्रो स्थान हात पर्न सफल भएको थियो |

हिजो मङ्सिर २९ गते शनिबार २०७५ का दिन म्हेन्दोमाया कलाकार संघ नेपालाको योजनामा नेपालटर डाँडा गाउँ स्थित फोनिक्स फुटसलमा भएको नक-आउट खेलमा जम्बुलिङ, ल्हाप्साङकर्पो, पाटो म्हेन्दो, कर्स्योल मिडिया, रुस प्रोडक्सन, ल्हाल्हुङ र रुबी भ्याली गरि ७ टिमको सहभागिता रहेको थियो |
छरिएर रहेका म्हेन्दोमाया कलाकारहरु जम्काभेट गराउनुका साथै आपसी सदभाव र मेलमिलापको भावना जागृत गराउने हेतुले आयोजित उक्त फुटसल खेल अत्यन्त शान्त वाताबरणमा सम्पन्न भएको थियो भने सम्पूर्ण म्हेन्दोमाया कलाकारहरु, म्हेन्दोमाया प्रेमीहरु र खेलप्रेमी दर्शकहरुको बग्लो उपस्थिति रहेको थियो | बीच बीचमा र अन्त्यमा म्हेन्दोमाया नाचेर भरपुर मनोरन्जन गरि भब्य र सभ्य रुपले सम्पन्न गरेको खेलमा संस्थाका संरक्षक द्धोया मर्नेन तामाङ र जोङ्बा कान्छाको हातबाट प्रथम, द्वितिय र तृतिय टिमलाई नगत, कप, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने रेफ्री र सहभागिता टिमहरुलाई समेत संस्थाले प्रमाण पत्र वितरण गरेको थियो |

संस्थाका संरक्षक मर्नेन तामाङले कार्यक्रम अत्यन्तै भव्यताका साथ सफल भएकोमा खुशी ब्यक्त गर्दै नगत रु पाँच हजार सहयोग गर्नुभई पुरस्कार बितरन समारोहको कार्यक्रमलाई बिसर्जन गर्दै कार्यक्रमको दौरानमा कही कतै गल्ती भएको भय आफ्नै सम्झेर माफ गर्दिन र आगामी दिनमा संस्थालाई यसरि नै हरेक तवरले सहयोग गर्न आह्वान गर्दै सहभागिता टिमहरुलाई र उपस्थित सम्पूर्ण जनालाई एवं प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्दिनुहुने सबैमा संस्थाको तर्फबाट र व्यक्तिगत तर्फबाट धन्यवाद ब्यक्त गरेको थियो |






Related Posts
  • युएईमा पहिलो ऐतिहासिक डम्फू सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न
  • सरोकार समाज कुवेत द्वारा आयोजित नयाँ वर्ष २०७६ सांगीतिक धमाका भव्यरुपमा सम्पन्न
  • नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारीलाई एनआरएनए कुवेतद्धारा भव्य स्वागत
  • राई ईज किङ गायक राजेश पायल राईलाइ कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

    नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

    श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)

    बिजनेष

    दर्शकहरुको मन जित्दै प्रङ्ना

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस