कलाकार दुर्गेश थापालाई  कुवेत  विमानस्थलमा भब्य स्वागत । 

परदेशी खबर / कुवेत -अहिलेका निकै जल्दाबल्दा नायक, गायक तथा मोडल दुर्गेश थापा सांगितीक धमाकाको लागी  कुवेत आइपुगेका छन् । कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५”को  लागी चर्चित लोकपप गायक दुर्गेस थापा आज बिहान २:३० बजे कुवेत आइपुगेका हुन् ।कुवेत अन्तराष्ट्रिय विमानस्थलमा गायक थापा लाई कुवेतवासी नेपाली हरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका छन् ।

दुर्गेश थापा भर्सटाइल कलाकार हुन् । कल्याणकारी युवा समाज कुवेतले आयोजना गरेको उक्त सांगीतिक धमाकामा अतिथि गायक दुर्गेश थापाका साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ |

कुवेतमा कृयासिल संघ-सँस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवाबर्ग साथै कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितका लागी समाजका अध्यक्ष निरज सिंह ठकुरीले अनुरोध समेत गरेका छन् ।

कार्यक्रम :- स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल, जिलिब

मिति : १४ डिसेम्बर २०१८ शुक्रबार

समय : दिनको १२:३० बजे

आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत।

सम्पर्क – 66019540, 55020779






Related Posts
  • दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने
  • ३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारबाही सिफारिस
  • अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा
  • ‘वाइडबडी’ खरिदमा चार अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको दाबी
  • पछिल्ला सम्प्रेसणहरु

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस