आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

म्हेन्दोमाया फुटसल कप २०७५ पर्सि २९ गते शनिबार हुने

परदेशी खबर २७ मंसिर २०७५, बिहीबार ०७:४८ मा प्रकाशित ( ५ साल अघि) ४१० पाठक संख्या

लामा भाई, काठमाण्डौ


मङ्सिर २७- म्हेन्दोमाया कलाकार संघ नेपालाले पर्सि मङ्सिर २९ गते शनिबार २०७५ का दिन पहिलो चोटी म्हेन्दोमाया फुटसल कप २०७५ को आयोजना गर्ने भएको छ |

छरिएर रहेका म्हेन्दोमाया कलाकारहरु जम्काभेट गराउनुका साथै आपसी सदभाव र मेलमिलापको भावना जागृत गराउने हेतुले मनोरन्जनात्मक खेलकुद कार्यक्रम आयोजना हुन लागेको हो | खेलकूदलाई अझ नजिकबाट हेरी जीबनमा खेलकूदको महत्वलाई ध्यानमा राखी आगामी दिनमा पनी खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने भन्दै संस्थाका महासचिव राज किङ वाईबाले यस फुटसाल खेलको आयोजना गर्न लागेको बताए |

म्हेन्दोमाया कलाकारहरुको कम्पनि र म्हेन्दोमाया कलाकार बीच मात्र एक टिममा ७ जना खेलाडी  हुनु पर्ने नियम बनाउदै नेपालटर स्थित फ़ोनिक्स  फुटसल खेल मैदानमा अत्यन्त शान्त वाताबरणमा सम्पन्न हुने भएकाले सम्पूर्ण म्हेन्दोमाया कलाकारहरु, म्हेन्दोमाया प्रेमीहरु र खेलप्रेमी दर्शकहरुले गरिमामय उपस्थिति जनैदिनुभइ खेलको शोभा बढाउनुका साथै खेलाडीलाई हौसला प्रदान गरीदिनु हुनका लागी आयोजकले हार्दिक अनुरोध गरेका छन् |

“हाम्रो गौरब हाम्रो शान” हाम्रो संस्कार र संस्कृति हाम्रो परिचय, हाम्रो पहिचान भन्ने मूल नाराका साथ मुख्यतः नुवाकोट, धादिङ र रसुवा जिल्लामा प्रचलित म्हेन्दोमाया गीत संगीतको एक मात्र विशुद्ध संस्था यस म्हेन्दोमाया कलाकार संघ नेपाला २०७२मा स्थापना भएको हो | संघले स्थापना कालदेखि नै बर्षमा म्हेन्दोमाया कन्सर्ट र सोनाम ल्होछार कार्यक्रम गर्दै आइरहेको छ भने थुप्रै उपलब्धि कार्यहरु पनि गर्दै आएको छ |

खेल सम्बन्धी जानकारी तथा नियमहरु:

आयोजक: म्हेन्दोमाया कलाकार संघ नेपाल

खेल सन्चालन हुने मिती: २०७५ मङ्सिर २९ गते शनिबार
स्थान: फ़ोनिक्स  फुटसल, डाँडा गाउँ ( नेपालटर )
समय बिहान: ७ बजे
खेलाडी सङ्ख्या (प्रती टिम) : ७ जना अफिसियल
दर्ता शुल्क: ५०००
नक-आउट चरणमा खेलाईने
टिम दर्ता गर्ने अन्तिम मिती: भोलि मङ्सिर २८ गते बेलुका सम्म
पुरस्कार: नगत, ट्रफी, मेडल तथा प्रमाणपत्र (प्रथम)
ट्रफी, मेडल तथा प्रमाणपत्र (द्वितिय)
मेडल तथा प्रमाण पत्र (तृतिय,
सम्पूर्ण सहभागीता टिमहरुलाई प्रमाण पत्र
सहभागित टिमहरुको टाईसिट भने पर्सि बिहान खेल मैदानमा नै हुनेछ |