शुभ-चिन्तक — सिमा कार्की समर्पण

सिमा कार्की समर्पण

 

 

शुभ चिन्तक

म प्रति त्यो मनमा घृणा भर
सधैं मलाई अपमान गर्ने गर
तर
थोरै तिम्रो चोट देख्दा खेरी
मेरो बाबा लाई के भो भन्दै
मायाको अाचल फैलाउने
म तिम्रो आमा हु ।

तिमी लाई हुर्काउन
तिमी लाई पढाउन
र सक्षम बनाउन
सधैभरीनै बनी बुतो गरेर मैले
हो चारोले तिम्रो पेट भरेर मैले
दस नङ्ग्रा खियाएर हुर्काउने
तिम्रो एकझल्कमै आफै लुटीने
म तिम्रो आमा हु ।।

तिम्रो रिस ,क्रोधले जलाए पनि
छुद्र बचनका बाण खनाए पनि
तिम्रो पाईला लरखराउदा खेरी
स्तम्भ बनेर सहारा दिई रहने
हरपल ,हरघडी , हरक्षण
म तिम्रो आमा हु।।।

यी लोचनबाट अश्रुधारा बग्दा खेरी
त्यो समीप बाट टाढै नै राख्दा खेरी
तिम्रो ललाटमा अस्पस्टका बादलले छुदा
पहाडै खस्यो कि के हो मेरो रक्तमा
गुन्दै मनले समाधान निकाल्न खोज्ने
म तिम्रो  आमा हु।।।।

“समर्पण”

टेक्ने जमिन नभएनी
लुकाउने शिर नभएनी
मेरी सखी “”समर्पण “””
न आतिनु है तिमी
सक्छौं भने
धर्ती लाई कपास अनि
आकाश लाई बास बनाएर
आउने घुम्ती ,आउने मोडहरुमा
कतै काडा, कतै सिसा भए नि
मखमली फूल सम्झि
पाईला चाल्नु निरन्तर
न आति ,न डगमगाई ,
स्थिर रहनु पृथ्वी झैँ
किन कि तिमी आमा हौं ।

सास भईन्जेल आस भने झैँ “समर्पण”
हिउ र तुषारोहरु ले तिमी लाई
जति नै कठिङ्ग्राए पनि
तिमी पग्लिएर तुषारोमा
चिनी पानीमा घुलित भए जसरी
घुलित हुनु भन्दा
ज्यानकै प्रभा नगरी
सघर्ष गरि रहनु
एक युद्ध सिपाही झैँ निरन्तर
कर्तव्य र अघिकारको लागि ,
काली र दुर्गाको रुप धारण गरेर
सुदर्शन चक्र उठाई
रावणको बध गर्नु पर्छ तिमीले
आफ्नो सन्ततिको लागि
किन कि तिमी आमा हौ।।

सीमा कार्की समर्पण

काभ्रे पाँचखाल 

हाल प्रवास 






Related Posts
  • एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा
  • कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस