नेपाली सङ्घीय समाज अबुधाबी, युएइ क्षेत्रिय समिति गठन,अध्यक्षमा गोबिन्द किराती

परदेशी खबर

अंचल राइ/डिसेम्बर ९,युएई | युएई नेपालको सत्तारुट घटक संघीय समाजबादी फोरम नेपालको प्रबाश संगठन नेपाली सङ्घीय  समाज अबुधाबी छेत्रीय समिति युएइको राजधानी सहर मानिएको अबुधाबी स्थित क्यापिटल गार्डेन पार्कमा एक बृहत भेलाको आयोजना गरि गठन भएको छ ।

नेपाली संघीय समाज युएइको पहलमा गठन गरिएको क्षेत्रिय भेलाले सर्ब सहमति रुपमा गोबिन्द किरातीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेका छन । नेपाली संघीय समाज युएइका अबुधाबी क्षेत्रिय समिति संयोजक गोबिन्द किरातीले अध्यक्षता गर्नु भएको कार्यक्रममा नेपाली संघीय समाज युएइका उपाध्यक्ष अंचल राइले स्वागत मन्तब्य राख्नु भएको थियो भने समाजका महासचिब श्रीमती शुशी पुलामी घर्तिमगरले सहजीकरण गर्नु भएको थियो ।

नेपाली संघीय समाज अबुधाबी , युएइ क्षेत्रिय भेलाको प्रमुख अतिथि संघीय समाजबादी फोरम केन्द्रीय परिसद सदस्य डिआर गुरुङ , बिशेस अथितिहरु संघीय समाजबादी फोरम नेपाल केन्द्रीय प्रतिनिधि प्रमोद श्रेष्ठ , प्रमुख सलाहाकार कटक राइ नेपाली संघीय समाज युएइका भूपू अध्यक्ष एबम बर्तमान सल्लाहाकार हरिबहादुर घर्ति मगर , नेपाली संघीय समाज युएइका अध्यक्ष बाबुराम लोप्चनको उपस्थिति रहेको थियो भने अतिथिहरुमा नेपाली संघीय समाज युएइका वरिष्ठ उपाध्यक्ष तेज राइ, महिला उपाध्यक्ष भगवती चामलिंग, नेपाली संघीय समाज दुवइ , युएई क्षेत्रिय समिति संयोजक हर्कमनी राइ एबम नेपाली सँघीय युएइका कार्यसमिति सदस्यहरुका साथै संघीय समाजबादी फोरमका क्रियाशील सदस्य , समर्थक शुभचिन्तकहरुको पनि उपस्थिति रहेको थियो ।

संघीय समाजबादी फोरम सरकारमा सामेल भएको ६ महिना पुरा भए पनि सरकारका प्रमुख घटक नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) संबिधान सम्शोधनको लागि कुनै तयारि नदेखिए पछी युएइमा पनि संबिधान संसोधनको लागि सत्तामा बसेर संघर्ष गर्ने कि सत्ताबाट बहिर्गमन भएर संघर्ष थाल्ने भन्ने बिसयमा चर्को बहस सुरु भएको छ । अबुधाबी क्षेत्रिय भेलालाई सम्बोधन गर्दै नेपाली संघीय समाज युएइका भूपू अध्यक्ष एबम बर्तमान सल्लाहाकार हरि बहादुर घर्तीमगरले संघिय समाजबादी फोरम सत्तामा बस्नुको अबको ओचित्य समाप्त भइरहेको बताउनु हुदै वली सरकार दिनानुदीन बदनामी कमाइरहेको कारण यो अवस्थामा सरकार बाहिर रहे जनताको मन जित्न सहज बाताबरण रहेको जिकिर गर्नु भयो ।

नेपाली संघीय समाज दुवइ क्षेत्रिय संयोजक हर्कजंग किरातीले सत्तामा रहेर पनि संघीय समाजबादिले फोरमले समालेको दुइवटा मन्त्रालय मार्फत जनताको मन जित्न सकिने उल्लेख गर्दै उदाहरनिय काम गरेर फर्किनु पर्नेमा जोड दिनु भएको थियो नत्र भोलि जनताले हिजो सरकारमा गएर संघिय समाजबादी फोरमले के गर्यो भन्ने प्रस्नको ताती लाग्ने तर्फ सचेत गराउदै अहिले नै सजक भएर नेत्रित्वोले सोच्नु पर्ने बताउनु भयो ।

नेपाली संघीय समाज युएइका वरिष्ठ उपाध्यक्ष तेज राइले प्रबाशमा रहेर पनि पहिचान ,सम्रिद्दी मुलुक अग्रगमनको लागि यसरि जुट्नु सकारात्मक रहेको बिसेल्शन गर्नु हुदै ठुला पार्टीहरुको गलत रबैयाको कारण देशमा विधमान समस्याहरु उस्तै अबस्थामा रहेको उल्लेख गर्नु हुदै अबको बैकल्पिक शक्ति नै संघीय समाजबादी फोरम रहेको कारण संघीय फोरमको झण्डा मुनि गोलबन्द हुन् सबै नेपालीहरुलाइ अपिल गर्नु भयो ।

नेपाली संघीय समाज युएइका अध्यक्ष बाबुराम लोप्चनले नेपालको राजनीतिमा पहिचान सम्रिद्दी र असल शासनको लागि संघीय समाजबादी फोरमको विकल्प नभएको कारण हामि जनताहरु सक्रिय भएर राजनीतिकमा भाग लिनु पर्ने त्यसको लागि समाजबाद नै आजको युगको अन्तिम विकल्प रहेको कारण कम्युनिस्टको नाम बेचेर खानेहरुको भण्डाफोर गर्नु पर्ने बताउनु भएको थियो। उहाले राज्य संचालन आफैमा एउटा गम्भीर बिसय रहेको कारण हामी सबै पार्टीको नीति सिदान्त अङ्गीकार गर्दै आफु पनि प्रशिक्षित् भएर समाजमा रहेको अन्य समुदाय बर्गलाई समेत सचेत गराउनु पर्ने बताउनु भयो । उहाले साम्यवाद र पुजीबादी दुवै नेपालको लागि बादरको हातमा नरिवल हुने दाबि गर्दै समाजवादले मात्रै देशमा रहेको बिध्यमान परिस्थितिहरुलाई मिलाएर लान सक्ने खुबी राख्ने भएको हुदा स्वोभाबिक रुपमा संघिय समाजबादी फोरमले मात्रै नेपालको हितमा काम गर्न सक्ने पार्टी भएको बताउनु भएको थियो ।

संघीय समाजबादी फोरम नेपालका केन्द्रीय प्रतिनिधि प्रमोद श्रेष्ठले संघीय समाजबादी फोरम सरकारमा गए पछी पहिचानको मुद्दाहरुको अबस्था के हुने हुन् भन्ने बिसयहरुमा भ्रम सिर्जना हुने तर्फा सचेत गराउदै अब यहि अबस्था रहे कि सरकार कि त मुद्दा पहिचानको छाड्नु पर्ने अबस्था सिर्जना हुन सक्ने बताउनु हुदै नेत्र्वित्वो गम्भीर हुनु पर्नेमा जोड दिनु भएको थियो । अबुधाबी क्षेत्रिय भेलाको प्रमुख अतिथि डेरराज गुरुंगले नेपालको उत्पीडित समुदाय वर्ग लिंग क्षेत्र राजनीतिकमा सक्रिय नहुनुको फाइदा सामन्ती तथा यथास्थितिबादी तत्वोहरुले फाइदा लिरहेको स्मरण गराउदै अभाब समस्या भएकै कारण हामिले राजनितिकमा चासो लिएर सक्रिय हुनु पर्ने अन्यथा हाम्रो दुरदशा यस्तै अझै यो भन्दा पनि दुरगति हुनसक्ने तर्फ सचेत गराउनु हुदै देशमा देखिएको जति पनि समस्याहरु छन् ति समस्याहरुको समाधान राजनीतिक दिसा सहि नभएसम्म यथावत रहने दाबि गर्नु थियो। उहाले नेपालीहरु जति नै राजनीतिकबाट पृथक रहन खोजे पनि हरेक गतिविधिमा सामन्तबादीहरुको बर्चस्वो रहेको कारण त्यो बर्चस्वोलाई तोडेर नेपाली जनताको स्वामित्वो प्राप्तिको लागि अरु केहि नभएर राजनीतिक शक्तिले मात्रै सम्भब रहेको बताउनु भएको थियो ।

निर्बाचित नेपाली संघीय समाज अबुधाबी क्षेत्रिय समितिका कार्यसमितिलाई भेलाका प्रमुख अतिथि संघीय समाजबादी फोरम नेपालका केन्द्रीय पार्सद डेरराज गुरुंगले पद तथा गोपनियता सपथ ग्रहण गरानु भएको थियो । भेलामा बृहत छलफल गर्दै नेपाली संघीय समाज अबुधाबी क्षेत्रिय समितिका संयोजक गोबिन्द किरातीको अध्यक्षतामा २१ सदस्य कार्य समिति निर्बिरोध चयन भएका थिए जसमा प्रथम उपाध्यक्ष लक्ष्मी राइ , उपाध्यक्ष केदार राइ , सचिब उदय सानु राइ , उप – सचिब सानु स्मृति , कोशाध्यक्ष बुद्दिमान फागो र प्रवक्तामा कशर थापामगर रहनु भएको छ भने सदस्यहरुमा रोशन तामांग , यशोदा, रन्जीत श्रेष्ठ , नानु बिशि , सुर्जा राइ , सन्जीब राइ ,योजना कार्की ,पूर्णीमा सुब्बा ,बिनोद तिमिल्शिना ,राम थापा मगर , बिना राइ र योगेश शर्मा रहनु भएको छ । सपथ ग्रहण पश्चात उक्त भेलालाइ बिसर्जन गर्दै नब निर्बाचित अध्यक्ष गोबिन्द किरातीले पार्टी पद्दति बिधान नीति सिदान्तका साथै संघिय समाजबाद सिदान्तमा अडिग रहेर पार्टी देश समाजको हितमा काम गर्दै अगाडी बढ्ने त्यसको लागि सम्पूर्ण पार्टी पन्तिको साथ सहयोगको अपेक्ष रहेको बताउनु भएको थियो । उहाले सबैले बिस्वाश गरेर नेपाली संघीय समाज अबुधाबी क्षेत्रिय समितिको अध्यक्षमा निर्बिरोध निर्बाचितको लागि बिस्वाश गरेर जिम्मेवार प्रदान गर्नु हुने सबै प्रति आभार ब्यक्त गर्नु भएको थियो ।






Related Posts
  • एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा
  • कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस