आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कुवेतमा घरेलु नेपाली महिला कामदारको निधन

परदेशी खबर १७ मंसिर २०७५, सोमबार ०५:२८ मा प्रकाशित ( ५ साल अघि) ९६ पाठक संख्या

परदेशी खबर

डिसेम्बर ३,कुवेतमा | घरेलु कामदारको रुपमा काम गर्दै आएका एक नेपाली महिला कामदारको निधन भएको छ |

झापा जिल्लाको गौरादह वडा नम्बर -५ घर भइ कुवेतमा करिब एक दशक अघि देखि घरेलु कामदारको रुपमा काम गर्दै आएकी  रमा श्रेष्ठको २०१८ डिसेम्बर २ तारिख आइतबार बिहान मृत्यु भएको  प्रारम्भिक जानकारी आएको छ ।

करिब पाँच वर्षदेखि साहुको घरबाट बाहिर भागेर काम गर्दै आईरहेकी थिइन् | मृतक श्रेष्ठका छोरी पनि कुवेतमै रहको बुझिएको छ |

रमा श्रेष्ठको निधन भएको नेपाली राजदूतावासमा जानकारी आएको र  मृतकको पूर्ण जानकारी र रिपोर्ट आएपछि घर परिवारमा समन्वय गरि  सम्पूर्ण कानुनि प्रक्रिया पुरा गरि शवलाई  छिट्टै नेपाल पठाउने नेपाली  राजदूतावास कुवेतले जनाएको छ |