आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

प्रवासमा अकालमै किन ज्यान जान्छ ? प्रमुख कारण र समाधान – युवक राई

परदेशी खबर २ मंसिर २०७५, आईतवार १९:०२ मा प्रकाशित ( ५ साल अघि) ३१४ पाठक संख्या

युवक राई ठिमुर

 

सम्भवतः प्रवासमा मृत्यु दुई कारणले भएको पाइन्छ l पहिलो- कुनैपनि प्रकारका दुर्घटनामा परेर वा आफै आत्माहत्या गरेर l दोस्रो- अचानक हृदय घात ( HEART ATTCK ) भएर l

अहिले बढी जसो हृदय घात भएर अकालमै मर्नेको संख्या बढी रहको छ l हिजो रमाइलो गफ गरेर संगै सुतेको साथि भोलि पल्ट मृत अवस्था भेट्नु वा अघि संम्म फोनमा बोलेको मान्छेको केहि छिनमै मृत्यु भयो भन्ने खबर पाउनु  यस्ताखाले घटना धेरै भोगेको वा सुनेका छौ l अझ कुवेतमा झन् बढी मात्रमा  त्यसो भए हृदय घात ( HEART ATTACK ) के हो ? यो किन हुन्छ ? के यसको लक्षण अगाडिनै थाहा पाउन सकिन्छ ? यस बाट कसरि बच्न सकिन्छ ? भन्ने तपाइँको चिन्ता , जिज्ञासा बारे विस्वका मुटु सम्वन्धि उत्कृस्ट डाक्टरहरुको राय , लामो समयको अनुभवले प्राप्त गरेका सफलताहरुलाई लिएर सरल तरिकाले सबैले बुझ्ने गरि जानकारीमुलक सन्देश तयार आफुले पनि प्रस्ट बुझी अरुलाई पनि बुझाउने कोशिस गरौ l

 

सबै भन्दा पहिले यो बुझौं  विश्वमानै अहिले मानिसहरुमा सबैभन्दा छिटो लाग्ने र बढी पाइने रोग भनेको HIGH CHOLESTEROL हो l यो नै हृदय घातको प्रमुख कारण हो l अहिले यसले विश्वभरनै सबै भन्दा बढी मानिसको ज्यान लिन्छ l त्यो पनि अकालमै , कुनै जानकारी बिना , कुनैपनि समय l

त्यसो भए HIGH CHOLESTEROL के हो ? भन्ने प्रश्न उठ्न सक्छ यो स्वाभाविक पनि हो l यो बोशो जस्तै बाक्लो प्रदाथ हो l जुन हाम्रो मुटुको रगत ल्याउने-लाने नली भित्र जम्दै जाने एक प्रकारको प्रदाथ हो l यसले २० बर्ष देखि ७० बर्ष सम्मका कुनै पनि मानिसलाई अचानक मुटुको नली भित्र १०० प्रतिशत BLOCKEAGES गराएर ५ मिनेट भित्र ज्यान लिन सक्छ l

मुटु सम्बन्धि कुनै पनि रोग छ भने १०० जनामा १ वा २ जनामा मात्र मुटुमा प्वाल पर्ने र भल्ब खराब हुने समस्या भेटिन्छ भने बाकि ९८ जनामा HIGH CHOLESTEROL कै कारण मुटुमा समस्या हुन्छ l हृदय घात ( HEART ATTACK ) केहो ? हाम्रो शरीरलाई चाहिने रगत दिन मुटु भित्र तिन प्रकारका नली हुन्छन l त्यस नलीहरु भित्र HIGH CHOLESTEROL लाई रोक्न एउटा पर्दा हुन्छ l तर जब HIGH CHOLESTEROL त्यस नलीमा जम्दै बढी हुदै जान्छ l र एक दिन अचानक त्यो पर्दाले रोक्न नसकेर फुटी १०० प्रतिशत शरीरलाई रगत दिने नलीमा BLOCKEAGE हुन्छ l

त्यसैलाई हृदय घात भनिन्छ l यो रातिको २:३० देखि ४:३० सम्ममा बढी हुने गर्छ l त्यहि भएर राति मजाले बोलेर सुतेको व्यक्ति बिहानै मृत हुनु पनि एउटा कारण हो l तर १० जनामा १ जना महिला लाई मात्र हृदय घात ( HEART ATTACK ) हुन्छ l हृदय घात ( HEART ATTACK ) किन हुन्छ ? CHOLESTEROL हाम्रो कलेजोले ७० प्रतिशत र खानाले ३० प्रतिशत निर्माण गर्छ l यसले कलेजोमा BILE ACID तयार गरि खाना पचाउन मदत गर्छ l सुर्य बाट भिटामिन D पनि बनाउन मदत गर्छ l साथै १८/१९ बर्ष सम्म शरीर बढाउन र यौन क्षमता ब्यालेन्समा राख्ने पनि काम गर्छ l तर मुख्यतः CHOLESTEROL दुई प्रकारका हुन्छन् l

LDL र HDL , LDL जसले हृदय घात गराउने HIGH CHOLESTEROL लाई मदत गर्छ यो शरीरको लागि एकदमै हानिकारक हो यो माछा-मासु , तेल बाट पकाइएको कुनै पनि परिकार , मिठाई लगाएतमा बढी पाइन्छ l भने HDL ले मुटुमा जमेको HIGH CHOLESTEROL लाई भित्रै गएर निकाल्ने काम गर्छ यो हाम्रो लागि निकै फाइदा जनक हुन्छ l यो हरियो साग सब्जी , दैनिकी ब्यायाम आदि बाट यसको मात्रा बढ्छ l तर जब हाम्रो हाइट बढ्न रोकिन्छ तब CHOLESTEROL को मात्र बढ्दै गएर मुटुको नली भित्र जम्न शुरु गर्छ l यसैलाई समयमै रोक्न सकिएन भने कुनै पनि बेला सानो वा ठुलो हृदय घात हुन् सक्छ l र खान पिनमा ध्यान दिन सकिएन भने HIGH CHOLESTEROL मात्र अझ बढेर अकालमै हृदय घात भै मृत्यु सम्म हुन्छ l यसको लक्षण हरु केहो ? हृदय घात हुन् पुर्ब केहि महिना अघि बाटै निम्न लक्षण हरु देखा पर्छन l

१. छाती भित्र देब्रेतिर बेलाबेलामा दुखिरहनु l कुद्दा , छिटो हिड्दा वा बस्दा मुटु दुखे जस्तो हुनु l

२. केहि नगरे पनि थाकेको वा कमजोरी भएको महशुस गर्नु l

३. हात खुट्टा चिसो हुनु , झ्म्झ्माउनु वा कमिलाले टोके जस्तो चिरिक चिरिक हुनु l

४. छिटो मोटाउदै जानु l

५. टाउकोको एक्क पट्टि गहिरोसँग दुख्नु , चक्कर आए जस्तो हुनु वा कुनै कारण बिना डर लाग्नु l

६. छाती भारि भए जस्तो हुनु वा साश फेर्न अप्ठ्यारो हुनु l

७. चिर चिर पसिना आइरहनु , खाना नपच्नु l ८. आखाको वरिपरि सेतो दाना जस्तै देखिदै जानु र बिस्तारै बढ्दै जानु लगाएतका कुनै पनि संकेत देखीय तत्काल चेक गराई हाल्नु l

हृदय घात बाट बच्न सकिन्छ ?

अवस्य यदि अकालमै ज्यान बचाउनु छ भने यी निम्न कुराहरु सतप्रतिशत अपनाए l HIGH CHOLESTEROL भै सकेका वा माथिको लक्षणहरु देखा पर्ने वा नपर्ने सबै हृदय घात बाट बच्न सकिन्छ l

१. सबैभन्दा बढी HIGH CHOLESTEROL माछा-मासुमा पाइन्छ l

साथै जनाबार बाट बनेको दुध , दहि , घिउ सबैमा एकदमै बढी CHOLESTEROL हुन्छ l जसलाई माथिको कुनै पनि लक्षण छ भने तत्काल यी सबै पुरै रोक्नु पर्छ l माथिको लक्षण नहुने हरुले पनि कमै मात्रामा खानु पर्छ l

२. HIGH TRIGTYCERIDES यो HIGH CHOLESTEROL पछी दोस्रो ठुलो कारण हो हृदय घात गराउने l HIGH TRIGTYCERIDES सबै प्रकारको तेलमा पाइन्छ l तेल हृदय घातको लागि यति हानिकारक हुन्छ कि l यसको एउटा उदाहरण , हामीले तराकरी बनाई सके पछी भित्तामा वा हावा बाहिर फाल्ने फ्यानमा जम्ने चिप्लो बाक्लो प्रदाथ नै TRIGTYCERIDES हो l यो हाम्रो मुटु भित्रको नलीमा पनि त्यसरीनै जम्मा भएर बस्छ l त्यसैले मुटु रोगीले पुरै तेल बार्ने र बिना तेलको तरकारी बनाउने तरिका YOUTUVE मा हेर्ने वा यो सम्बन्धि किताबहरु पढ्ने l जसले तेल बिना पनि तराकरी तेतिकै स्वादिस्ट हुन्छ l यो रोग नहुने हरुले कम मात्रामा तेल प्रयोग गर्ने l ( यो पनि थाहा पाई राखौं हाम्रो शरीरलाई चाहिने तेल प्राकृतिले पहिले नै हामीले खाने खानामा राख्दिएको हुन्छ l जस्तै चामलमा १ प्रतिशत , रोटीमा १ प्रतिशत , दालमा ५ प्रतिशत यस्तै यस्तै l )

३. BLOOD PRESS सधै  १२०/८० को बिचमा राख्ने l

४. SUGAR कन्ट्रोल राख्ने l

५. रक्सि , गुट्का , खैनी , चुरोट नखाने l

६. व्यायाम दैनिकी रुपमा गर्ने , घटीमा पनि ३५ मिनेट लामो लामो पाइला दिनहुँ हिड्ने l

७. शरीरको तौल बढी भए घटाउने l

८. कुनै पनि खाले तनाब लाई एकदमै कम गर्ने वा सदै तनाब रहित बस्ने बातावरण बनाउने l

 

प्रकाशित मिति १८,नोभेम्बर