मदिरा सेवन गर्नुको फाइदा कहिँ कतै देखिदैन-एनके राई

एनके राई

नोभेम्बर १७,कुवेत | उनबेला आफ्नै घरमा बनाएको कोदोको रक्सि पितृकार्य साथै चाडपर्व भोजभतेर आदिमा सगुन मान्दै उपभोग गर्ने चलन थियो साथै मदिराको ठिक परिणाममा सेवन गर्न सके केहि फाइदा पनि पुर्याउने बिस्वाश गरिदै आएको छ तर, अहिलेको स्थितिमा विभिन्न अखाद्य पदार्थको मिसावटबाट बनेको मदिरा बजारमा छ्यास्छ्यास्ती पाइन्छ जुन मदिरा सेवन गर्नुको फाइदा कहिँ कतै देखिदैनl सन्दर्भ कुवेतको कुवेतको कानुनले मदिरा उत्पादन र सेवनमा कडाइका साथ वर्जित गरेको छ l

बेला बेलामा सुरक्षाकर्मिहरुले ठुलो परिणामको मादक पदार्थको भट्टीहरु नियन्त्रण गर्ने गरेको समाचारहरु बाहिर आइरहेको छl यसमा नेपाली नागरिक लगाएत बिभिन्न देशका नागरिकहरु पक्राउ परेको भएता पनि अहिलेको परिस्थिति बुझ्दा उत्पादन र सेवनमा भने कहिँ कमि आएको जस्तो लाग्दैन l यहाँका भट्टीहरुमा मदिरा अखाद्य पदार्थबाट उत्पादन गर्दै आएको छ भन्ने कुरामा सबैलाइ जानकारी भएकै हो/छ भन्दा फरक नपर्ला र यसबाट के कस्ता असर र बिपत्तिहरुको सामना गर्नु पर्छ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ जुन कानुनीरुपमा त वर्जित छदैछ स्वास्थ्यमा पनि ठुलो क्षेति पुर्याउछ भन्ने थाहा हुदाहुदै पनि मदिरा सेवन गर्नेहरुको यस्तो लहर बनेको छ कि सेवन गर्नकै लागि महँगो मूल्य तिरेर तन, मन, धन र समय खर्चिएर तालिका राख्दै निमन्त्रणा/आमन्त्रणा गरिन्छ र निमन्त्रणा मान्नेहरु पनि आफ्नो समय प्रतिकुल भए पनि यसको असरलाई बेवास्ता गरेरै भएपनि उपस्थिति जनाउन तत्पर हुन्छनl हामी परदेशको भूमिमा छौँ हावापानी, रहनसहन र वातावरणहरु आकाश र जमिनझैँ फरक छ l

यहाको हवापनिमा हाम्रो शरीरलाई भिजाउन समय त लाग्छ नै साथै सबैको शरीरलाइ फिट हुन्छ भन्न पनि सकिदैन नतिजा कसैले केहि हद सम्म हावा पानीमा घुलमिल हुन् सक्छ र स्वास्थ्य रहन्छन भने केहि शरीरले अस्वस्थताका सामना गर्नु परेको हुन्छ l विभिन्न अखाद्य पदार्थ मिसाएर बनेको मदिराको असर हाम्रो कम्जोर शरीरले थेग्न सक्दैन र धेरै जना मादक पदार्थको सेवनकै कारण अकालमा मृत्युको शिकार बन्न पुगेको ठहर यहाँको अस्पतालको पोस्टमार्टमको नतिजाले बाहिर ल्याएको छ र तपाइँ हामी संगै हिड्दुल गर्दै संगै बसेर खाएको हितैसी साथी धेरैले गुमाउन पुगेका छन्l

हामी ति मृत्यु भैसकेका साथीको यादमा भाबुक हुन्छौं र जीवित हुदाको रमाइलो पलका प्रतिबिम्बका साथ समवेदना र हार्दिक श्रद्धान्जली दिन पनि बिर्सदैनौं यो भयो एक मानवमा हुने गुण जुन राम्रो पाटो आफ्नो हितैसी गुमाउनुको पिडा प्रतक्ष्ररुपमा देख्न सकिन्छ यसका साथ साथै अर्को तिर चाडैनै अर्को साथीलाई पनि गुमाउने क्रियाकलापलाइ अप्रतक्षरुपम टेवा पुर्याइरहेका छौँ ती कुराहरु हामीले कहिल्यै मंनन गर्ने कोशिष गरेनौं जुन हामीले विभिन्नखाले मनोरन्जनात्मक पलमा त्यहि मदिरा सेवान गर्नलाई निमन्त्रणा गर्दछौं र निमन्त्रणा स्विकारी फेरी कुन दिन कुन अर्को साथी गुमाउने खतराको नजिक पुगिरहेका छौँl

बिशेष गरेर साथीहरुसंग मदिरा सेवन गर्दा पोलेको, तारेको वा धुवा लगाएको मासु प्रयोग गर्ने गर्दछौं जुन स्वास्थ्यका लागि अति हानिकारक हुन्छ र यस्ताखाले खाना खाएपछि स्वास्थ्यमा असर पार्न गइ धेरैले ज्यान गुमाउनुपरेको अनुमान गर्न सकिन्छ। मदिरा सेवनले अकालमा मृत्युको मुखमा पुग्ने मात्र नभएर पारिवारिक एवं सामाजिक संरचना बिगार्न, साथीभाई र परिवारका सदश्यहरुबीच पनि झगडा हुनको लागि ठूलै भूमिका खेलेको हुन्छ साथै चोरी, बलात्कार जस्ता विभिन्नखाले जघन्य अपराधसंग पनि यसको सम्बन्ध रहेको छ । यसको रोकथामको लागि बिगतमा घटेका घटनालाइ हेरेर राम्रो पाठ सिक्ने र सचेत हुने प्रयास गरौँ l गाउँ-गाउँ टोल-टोल र सहर-सहरमा जनचेतना अभिवृद्धि गरी भरसक मदिरा सेवन नगरौं गरीहालेमा ठिक परिमाणमा ध्यान दिन एक अर्कामा चेतना बढाउने तपाई हाम्रो कर्तब्य हो र सबैले जिम्मेवार बनि कर्तब्य पालना गरौँ।

प्रकाशित मिति १७,नोभेम्बर






Related Posts
  • आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ
  • कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने
  • कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग
  • गायक डोलराज न्यौपानेको “पिरती” म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

    कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

    कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस