भुटानमा ११ जनाको मन्त्रिपरिषद, दुई मन्त्री नेपाली भाषी

काठमाडौं १८,कार्तिक |भुटानमा दुईजना नेपाली भाषी मन्त्री चयन भएका छन्। सरकार गठन गर्न संसदमा बहुमत सिद्ध गरेको ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले नेपाली भाषी सांसद जयबीर राई र लोकनाथ शर्मालाई मन्त्री चयन गरेको हो।

डिएनटीले शनिबार अपरान्ह राजधानी थिम्पुमा सार्वजनिक गरेको मन्त्रीपरिषद टिममा नेपाली भाषी सांसदहरू लोकनाथ शर्मालाई आर्थिक मामिला र जयबीर राईलाई शिक्षा मन्त्री नियुक्त गर्ने निर्णय भएको जनाएको हो।

भुटानमा केही साताअघि सम्पन्न निर्वाचनमा संसदका ४७ स्थानमध्ये ३० स्थान जितेर डिएनटीले सरकार बनाउन बुहमत सिद्ध गरेको थियो। डिएनटीका ३० सांसदमध्ये ९ जना नेपाली भाषी छन्।

यी हुन् नेपाली भाषी दुई मन्त्रीः

पार्टीले सभापति डा. लोटे छिरिङ प्रधानमन्त्रीसहित मन्त्रीपरिषदका ११ जनाको नाम सार्वजनिक गरेको छ। जसमा लोकनाथ शर्मा आर्थिक मामिला, जयबीर राई शिक्षा, उगेन दोर्जे श्रम तथा मानव संशाधन, कर्मा वाङदी सूचना तथा सञ्चार, डेचेन वाङमो स्वास्थ्य, दोर्जे छिरिङ मानव बसोबास, डाशो शेरुव ग्याल्तसेन गृह तथा संस्कृति, टाण्डी दोर्जे परराष्ट्र, नाम्गे छिरिङ अर्थ र येशे पिन्जोर कृषि तथा वन मन्त्री चयन भएका छन्।

डिएनटीले आफ्नो सांसद संख्याको ३० प्रतिशत नेपाली भाषी रहेको विश्लेषण गर्दै ११ सदस्यीय मन्त्रीपरिषदमा २० प्रतिशत नेपालीलाई छुट्टयाएको हो।

११ जनाको मन्त्रीपरिषदमा एक जना महिला, डेचेन वाङमो स्वास्थ्य मन्त्री चयन भएकी छन्।

मन्त्रीपरिषदमा ३२ वर्षीय श्रम तथा मानव संशाधन मन्त्री उगेन दोर्जे सबैभन्दा कान्छा सदस्य छन् भने जेष्ठ सदस्यमा ६३ वर्षीय गृह तथा संस्कृति मन्त्री डाशो शेरुव ग्याल्तसेन रहेका छन्।

डिएनटीले मन्त्रीपरिषद टिम अहिलेसम्मकै नमूनायोग्य रहेको भन्दै पूर्व, पश्चिम र दक्षिणबाट ३–३ जना र केन्द्रबाट एक जना मन्त्री छनोट गरेको जनाएको छ।

४९ वर्षीय प्रधानमन्त्री छिरिङ बंगलादेश र अष्ट्रेलियामा अध्ययन गरेका चिकित्सक हुन्।

‘परिवर्तन आवश्यक छ भनेर हामीले धेरै गफ गर्यौं, तर अब आफैलाई पहिले परिवर्तन गरौं’, आफ्नो मन्त्रीपरिषद सार्वजनिक गर्दै प्रधानमन्त्री डा. लोटे छिरिङले थिम्पुमा भने, ‘हामी सधैं राजाको दृष्टिकोणबाट निर्देशित हुनेछौं।’

नेपाल खबरको साथ






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस