नेपाली उत्पादनलाई कतारमा सिधा पहुँच दिन उद्योग वाणिज्य महासंघको माग

काठमाडौं १४,कार्तिक |नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले कतारका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले सन् २०२० को भिजिट नेपालसँगै धेरै पूर्वाधारमा लगानीको अवसर रहेको बताइन्।

राणाले नेपाली कृषि उपजलाई कतारले सहज र सिधा पहुँच दिन माग गरेकी छन्। नेपाली कृषि उपज नेपालबाट सिधै कतारको बजारमा प्रवेश दिन उनले जोड दिईन्।

नेपालको उत्पादन र निर्माण क्षेत्रमा लाभदायी लगानी हुने र त्यसको उदाहरण अहिले सफल भईरहेका कम्पनीबाट लिन सकिने उनको धारणा थियो।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नीतिगत सुधारहरु भईरहेको उनको भनाई थियो। सेतोपाटीमा समाचार रहेको छ |






Related Posts
  • २५ गते नेपाल चिनियाँ राष्ट्रपति सी आउने पक्का
  • बेकारको वार्ता अमेरिकासँग अब हुँदैन : उत्तर कोरिया
  • दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय
  • म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा ८ जना पीडितहरुलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    जापानमा आँधीले २५ को मृत्यु

    दाइजो नल्याएकाे भन्दै भारतमा नेपाली युवतीको हत्या

    अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा छत्र सुब्बा निर्वाचित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस