उर्जामन्त्री पुन र सर्वियाका उपप्रधानमन्त्रीबीच भेट : उर्जामा लगानी र नेपालमा पर्यटक भित्रयाउनेबारे छलफल

काठमाडौं, १० कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ । युरो–एसिया इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका उर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच शनिबार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा द्धिपक्षिय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको थियो ।

मन्त्री पुनले गत मे मा उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रती नेपाल सरकार, परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद समेत व्यक्त गरेका थिए ।

भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मंचमा प्रस्तुत हुंदा साझा धारणा बनाएर जाने प्रस्ताव समेत राखेका छन् ।

नेपाल लामो समय द्धन्द्धमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायीत्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजवुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई दिए ।

मन्त्री पुनले नेपालको उर्जा र जलविद्युत क्षेत्रमा लगानीको लागी सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गरे । उनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफुले पहल गरिरहेको धारणा राखे ।

सरकारले नेपालमा विदेशी पर्यटकहरुलाई भित्र्याउन भिजिट २०–२० कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्भियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाईदिन पनि उहाले उपप्रधानमन्त्री इभिकासंग आग्रह गरे ।

जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसंगको सम्बन्ध मजवुत बनाउन सर्विया ईच्छुक रहेको भन्दै नेपालमा लगानीको लागी आफुले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागी वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले इनर्जी फोरममा नेपालले सहभागीता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजवुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुवै देशको विचमा थप सहकार्य हुने विश्वास व्यक्त गरे । रासस






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस