आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

कुवेत स्थित नेपाली राजादुतावासको पहलमा कुवेतमा रहेका नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर संचालन हुँदै

परदेशी खबर ४ कार्तिक २०७५, आईतवार १२:४२ मा प्रकाशित ( ५ साल अघि) २३० पाठक संख्या

परदेशी खबर 

अक्टोबर २१, कुवेत । नेपाली राजादुतावास कुवेतको पहलमा  नेपाली राजादुतावास र मेट्रो क्लिनिकको संयुक्त सहकार्यमा कुवेतमा रहेका नेपालीहरुको लागि नोभेम्बर १६ तारिखका दिन नि:शुल्क  स्वास्थ्य शिविर संचालन गर्ने भएको छ् ।  

रोजगारीको लागि कुवेतमा रहेका नेपाली कामदारहरुलाई  ध्यानमा राखी संचालन गरेको स्वास्थ्य शिविरमा सहभागी भई लाभ लिनको लागि आफु स्वयम्  राजादुतावासमा उपास्थित भई अथवा टेलिफोन मार्फत आफ्नो नाम लेखेर मौकाको फाईदा उठाउन सक्ने दुतावासद्वारा जारी सुचानामा भनिएको छ् ।  

रोजगारीको लागि कुवेतमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनिहरुमा मौकाको फाईदा लिन र् आफ्नो स्वास्थ्य परिक्षण  गरी स्वास्थ्य हुन परदेशी खबर आग्रह  गर्दछौ ।  

पूर्ण जानकारी   तलको  सुचानामा हेर्न सकिने छ् ।