आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

तीन महिनाको गर्भ लिएर रुपा बिक नेपाल फर्किने।

परदेशी खबर ४ कार्तिक २०७५, आईतवार ०९:०६ मा प्रकाशित ( ५ साल अघि) २९७ पाठक संख्या

परदेशी खबर/ २१ अक्टोबर, कुवेत। आफुलाइ दुई बर्षदेखी रिलेशनमा राखेर ५ महिनादेखी लिभिङ टुगेदर गर्दा तीन महिनाको गर्भवती बनेपछि केटा भागेको कुरालाइ फेसबुक लाइभ मार्फत खुलापछि बुटवलकी रुपा बिक केही दिनदेखी भाइरल बनेकी छिन। ५ बर्ष पहिले घरेलु कामदारको रुपमा कुवेत पुगेकी रुपा कुवेत पुगेकै १५ दिनमा उनलाइ कुवेत पुर्‍याउने एजेन्टको कुटाइ सहन नसकी भागेर इल्लिगल (अवैधानिक) रुपमा बसोबास गरिरहेको उनले बताएकी छन।

आफुलाइ काठमाडौ घर भनेर झुठ बोलेर माया जालमा फसाएर यौन प्यास मेटाएर भागेका सुनिल बिक अझैसम्म सम्पर्कमा न आएको उनले बताएकी छन। मिडियामा बोल्दै उनले नेपाली दूतावास र कुवेतस्थित संघ संस्थाहरुलाइ आफू अवैधानिक रहेको र आफ्नो साथमा पासपोर्ट पनि नभएकोले जति सक्दो चाँडो नेपालमा सुरक्षित अवतरणका लागि सहयोगको अपिल गरेकी छन।

कुवेतमा कार्यरत केही नेपाली समाजसेवि दाजुभाइ दिदिबहिनिहरुले उनलाइ नेपाल पठाउन प्रक्रिया अघि बढाइसकेको जानकारी गराएका छन। नेपाली दूतावास कुवेतसंग सहकार्य गर्दै जति सक्दो चाँडो उनलाइ नेपाल पठाउने तयारिमा रहेको उनिहरुले बताएका छन।