परदेशी खबर
अक्टोबर १७, कुवेत । लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेत र अन्तरराष्ट्रिय कलाकार मन्च कुवेतको संयुक्त प्रस्तुतीमा रहेको दसैं साँस्कृतिक धमाकाको अन्तिम तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ् ।
हिन्दू धर्मवालम्बीहरुको महान चाड बिजय दशमीको अवसर पारी शुभकामना आदनप्रदानको साथमा दुर्गा पूजा र जमरा ग्रहण कार्यक्रम गर्ने कार्यक्रमको विभिन्न साँस्कृतिक कार्यक्रम गरी भब्य रुपमा मनाउन लागिएको लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतका अध्यक्ष माधव पौडेलले परदेशी खबरलाई बताउनु भयो ।
” हाम्रो सँस्कृति हाम्रो परम्परा” “ मौलिक कला र सांस्कृतिक साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुलनारा लाई आत्मसाथ गरि अगाढी बढेको संस्था लालीगुराँस तथा अन्तराष्ट्रिय कलाकार मन्चले स्थापनाकाल देखि नै बिभिन्न चाडपर्वमा कार्यक्रम गर्दै आईरहेका छ। हिन्दु हरुको मौलिक परम्परालाई जोगाई राख्नको लागी संस्थाले प्रवासबाट नै आफ्नो उपस्थिति विभिन्न कार्यक्रम गरेर जनाईरहेको छन् ।
आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुलाई उक्त दिनमा उपस्थित भइ कार्यक्रमलाई सफल पार्न सहयोग गरि दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध गरेका छन् ।
कार्यक्रम हुने स्थान र मिती
मिती :- १९ अक्टोबर शुक्रबार २०१८
स्थान :- राजधानी रेस्टुरेन्ट खैतान कुवेत
समय :- बिहानको ठीक ११ बजेदेखि