आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

युएईको अलऐनमा किरात राई यायोक्खा क्षत्रिय समिति गठन

परदेशी खबर २८ आश्विन २०७५, आईतवार ०४:२९ मा प्रकाशित ( ५ साल अघि) १९५ पाठक संख्या

अंचल राइ/अक्टोबर १४,युएई | किरात राई यायोख्खा युएइले अक्टोबर १२ २०१८ का दिन युएइका अलऐन सहर स्थित ओपन हाउस नेपाली रेस्टुरेन्टमा किरात राइ यायोखा अलऐन क्षत्रिय समिति गठन गरेको छ ।

किरात राइ यायोखा मूल कार्यसमिति युएइको पहलसंगै अलऐन युएईमा क्रियाशील किरात सस्कार ,भाषा प्रति चासो राख्ने ब्यक्तित्वोहरुको सक्रियतामा इतिहासमै अलऐन युएइमा पहिलो साधारण सभा सम्पन्न गरि गठन गरेका हुन् । उपस्थित किरातीहरु बीच परिचयात्मक कार्यक्रमसंगै सुरु भएको औपचारिक् कार्यक्रममा किरात राइ यायोखा युएई मूल कार्यसमितिका अध्यक्ष श्रीमती चन्द्रा साम्पांगले अध्यक्षता गर्नु भएको थियो ।

प्रमुख अतिथि किरात राइ यायोखा मूल कार्यसमिति युएइका संरक्षक एबम किराया युएइका सस्थापक महासचिब राजकुमार राइ तथा बिशेष अतिथि किराया युएइका पुर्व अध्यक्ष एबम सल्लाहाकार मुंचे राइ अतिथिहरु किराया युएइका प्रथम उपाध्यक्ष सुबाश बानु राइ कोशाध्यक्ष सरु शितल राइ तथा सामाजिक अभियान्ता रकम चामलिंग रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण किराया युएइका महासचिब डीके किरातीले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै किरात राइ यायोखा युएइका अध्यक्ष श्रीमती चन्द्रा साम्प्नागले किरातीहरु जो जहा रहे पनि भाशा , सस्कृति जगेर्नाको निमित्त एकजुट भएर किरात राइ यायोखामा गोलबन्द हुनु पर्ने धारना राख्दै हामि आफ्नो देश छाडेर प्रबाशमा रहे पनि आफ्नो काम सकेर बचेको समय आफ्नो भाषा सकृति सस्कार बचाउनको लागि खर्च गर्नु पर्ने अन्यथा हामीले आफ्नो पहिचान गुमाउदै पीडाबोध भएर बाच्ने दिन आउन सक्ने तर्फ हामि सबै सचेत हुनु पर्ने बताउनु भयो ।

किराया अलएन क्षत्रिया समितिलाई शुभकामना मन्तब्य दिदै किराया युएइका सस्थापक महासचिब एबम सरक्षक राजकुमार राइले हामि किरातीहरुलाई राज्यले नै विभेद गरेर हाम्रो भाषा , सस्कार सक्रितिहरुलाई समाप्त गर्न सक्रिय रहेको कारण हामि अब एकजुट भएर त्यसको प्रतिबाद गर्नु पर्ने बताउनु भयो । त्यसै गरि किराया युएइका पूर्व अध्यक्ष एबम बर्तमान सल्लाहाकार मुंचे राइले सस्था कुनै आबेग उत्तेजनामा नभई बिधानसम्बत सामुहिक निर्णयमा क्रियाशील हुनु पर्नेमा जोड दिदै एतिकाशिक किराया अलऐन क्षत्रीय समिति गठन भएकोमा खुसि ब्यक्त गर्नु भएको थियो । त्यसै गरि सामाजिक अभियान्ता रकम चामलिंगले हामिले आफ्नो परिश्रमबाट थोरै आम्दानि गरे पनि समाजमा रहेको आफु भन्दा निम्न बर्गका समुदायहरुलाई धेर थोर सहयोग गर्न सकिने उदाहरनहरु दिदै आफुले ५३ बर्षको उमेरमा समेत डेरा गरि परिवार धानिरहे को खुलाशा गर्नु भएको थियो चामलिंगले हामीले कमाएको केहि अंश समाज र देशको लागि खर्च गर्नु पर्नेमा बिशेष जोड दिदै अलएन किरायालाई सुभकामना ब्यक्त गर्नु भएको थियो । त्यस्तै युएइमा रहेर साहित्यमा सिर्जना गर्नुहुने साहित्यकार राजसंगम राइले अलएन किराया गठनले हामी किरातीहरु सबैलाई उत्साहित बनाएकोमा खुसि ब्यक्त गर्दै सफल कार्यकालको सुभकामना दिनु भएको थियो ।

इतिहासमै पहिलो पटक गठन भएको अलऐन क्षत्रिया समितिमा राम किरातको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिमा उपाध्यक्षहरुमा विकास राई र जन्मजय राई ,सचिव शम्भु राई,सह-सचिव – श्याम कुमार चामलिङ, कोषाध्यक्ष – प्रविण कुमार राई,सह- कोषाध्यक्ष अस्मि राई त्यसैगरि सदस्यहरुमा आदित्य राई, अनिषा राई, रोशन चाम्लिङ, माया राई ,भक्त बहादुर राई र सागर राई रहेका छन् । कार्यसमितिको सम्पूर्ण उम्मेद्वारहरु सर्ब सहमतिमै चयन भएका हुन् किरात राइ यायोखा अलएन क्षत्रिया कार्यसमितिलाइ किरात राइ यायोखा युएईका सस्ठापक महासचिब एबम शंरक्षक राजकुमार राइले सपथ ग्रहण गराउनु भएको थियो । सपथ ग्रहण पश्चात किराया अलऐन क्षत्रिय समितिका अध्यक्षय राम किरातीले अलऐनमा रहेका सम्पूर्ण आफ्नो भाषा सस्कार प्रति प्रतिबद्द रहेका किरातीहरुको साझा घरको रुपमा किराया अलऐन क्षत्रिय समितिलाइ बिकाश गर्ने प्रतिबद्द जनाउनु हुदै त्यसको लागि सबैसंग सल्लाहा सहकार्य गर्न तयार रहेको बताउनु भयो त्यसै गरि कोशाध्यक्ष प्रविन कुमार राइले सस्थामा बस्नु आफ्नो रहर मात्रै पुरा नगरि साच्चिकै सस्था प्रति समर्पित हुन सक्नु पर्नेमा जोड दिदै सबैलाई सल्लाहा सुझाबको लागि अनुरोध गर्नु भएको थियो ।

अन्त्यमा किरात राइ यायोखा मूल कार्यसमिति युएइका अध्यक्ष श्रीमती चन्द्रा साम्पान्गले अलऐनमा किरात राइ यायोखा क्षत्रिया समिति गठन भएकोमा खुसि ब्यक्त गर्दै युएइका सात वटै राज्यहरुमा क्रमश गठन गर्ने योजना रहेको बताउनु भएको छ । अध्यक्ष साम्पान्गले आफु किरातिहरुको पहिचानको लागि जस्तो चुनौतीकै सामना गर्ने भनेर मैदानमा ओर्लिएको बताउनु हुदै किरात सस्कार , भाषा तथा मुन्धुमी बिचार रहेको सम्पूर्ण किरातिहरुल्लाई यो कार्यमा सहयोगको लागि अपिल गर्नु भएको छ । त्यसै गरि कोहि अन्जान भुलबश कोहि कसैले कसैको लहै लहैमा लागेर किरात सस्कार त्याग्नु भए पनि आफ्नै किरात सस्कारमा फर्कन समेत आव्हान गर्नु भएको छ