ट्वीन टावर आक्रमण हुँदा ६ किलोमिटर नजिकै थिए ट्रम्प

वासिङ्टन २६,भदौ | अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्ष पुुगिसकेकाे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाउने तय भएको छ।

सेप्टेम्बर ११, २००१ का दिन आतङ्ककारीले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेका थिए।

तीमध्ये दुईवटा विमानले न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेको थियो भने एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना थियो।

तर, विमानमा सवार यात्रुको प्रतिरोधका कारण तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो।

त्यस विमानमा सवार ४० जनाभन्दा बढी यात्रु र चालकदलका सदस्य सबैको मृत्यु भएको थियो।

तर, वर्ल्ड ट्रेड सेन्टरमा भएको विमान आक्रमणबाट सबैभन्दा ठूलो क्षति भएको थियो।

आतंकवादी संगठन अल–कायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा भएको उक्त आक्रमणबाट तीन हजारभन्दा बढी मानिस मारिएका थिए।

करिब एक दशकपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाको कारबाहीमा मे २०११ मा बिन लादेन मारिएका थिए।

‘राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रममा त्यस विनाशकारी घटनाबाट ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गरिनेछ, र त्यस आततायी घटना हुँदा जीवन जोखिममा राखेर उद्धार कार्यमा खटिने व्यक्तिहरुलाई सम्मान गरिनेछ,’ ह्वाइट हाउसकी प्रवक्ता सराह हकाबी स्यान्डर्सले बताए।

राष्ट्रपति चुनिएपछि गत वर्ष राष्ट्रपति ट्रम्प पहिलो पटक वार्षिक समारोहमा सहभागी भएका थिए। उपराष्ट्रपति माइक पेन्स पनि मंगलबारको समारोहमा सहभागी हुने कार्यक्रम छ।

सन् २००१ को आक्रमणका समयमा राष्ट्रपति ट्रम्प वर्ल्ड ट्रेड सेन्टरबाट करिब ६।५ किलोमिटर टाढाको आफ्नै ट्रम्प टावरमा थिए।

उनीसँग सेप्टेम्बर ११ को घटनाप्रति मिश्रित धारणा रहिआएको छ । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी जनतालाई सुरक्षित राख्न नसकेको भन्दै आलोचना गरिरहेका छन्।

ट्रम्पले टावर भत्किँदा हजारौं मुस्लिमले न्यूजर्सीको जर्सी सिटीमा खुशियाली मनाएको बताएका छन्। तर, मुस्लिम समुदायले त्यस्तो खुशीयाली मनाएको कुनै पनि टेलिभिजनले देखाउन सकेका छैनन्।

ट्रम्पले न्यूयोर्क आक्रमणमा सयौं मित्रहरु गुमाएको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले मारिएका कुनै निश्चित व्यक्तिको नाम लिएका छैनन्। रासस

 






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस