आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

आयोजक बंगलादेशलाई हराउदै नेपाल साफ च्याम्पियनसिप सेमी फाइनलमा

परदेशी खबर २३ भाद्र २०७५, शनिबार १५:२६ मा प्रकाशित ( ५ साल अघि) ६४८ पाठक संख्या

काठमाडौं, २३ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आयोजक बंगलादेशलार्इ २–० गोल अन्तरले पराजित गर्दै  सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार भएको खेलको जितसँगै नेपाल समुह विजेता बन्दै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबारको खेलको नायक बनेका नेपाल विमल घर्ति मगर र नवयुग श्रेष्ठले एक–एक गोल गरे । खेलको ३३ औं मिनेटमा फ्री किकमार्फत बिमल घर्ती मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा सुनिलको पासमा नवयुगले नेपालका लागि दोस्रो गोल गरेका हुन् ।

शनिबारकाे जितसंगै नेपाल ६ अंक जोड्दै समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेकाे हाे ।