आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

काभ्रेमा तीजको दर खाँदा ५०–६० जना घाइते

परदेशी खबर २३ भाद्र २०७५, शनिबार ०७:३२ मा प्रकाशित ( ५ साल अघि) ४१२ पाठक संख्या

बनेपा, २३ भदौ । काभ्रे जिल्लाको पाचँखाल नगरपालिका–१२ कासकोटमा तीज कार्यक्रममा सहभागी भई दर खाएका ५० भन्दा बढी महिला र बालबालिका बिरामी परेका छन् ।

शुक्रबार ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रममा दर खाएका महिला र बालबालिका ‘फुड प्वाइजन’का कारण बिरामी परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बिरामीहरुको पाँचखाल मेडिकल, धुलिखेल अस्पताल, बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिएका छन् ।

बिरामीमध्ये २५ जनाको पाचँखाल मेडिकलमा, १७ जनाको धुलिखेल अस्पतालमा ६ जनको शिरमेमोयिल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

बाँकी बिरामीलाई पनि प्रहरीको सहयोगमा उपचारका लागि अस्पताल ल्याउने काम भइरहेको एसपी खड्काले बताए । तीज कार्यक्रममा करीब दुई सय भन्दा बढीले खाना खाएको बताइएको छ ।