एनआरएन पूर्वी सम्मेलनको तयारी तिब्र

काठमाडौं २३,साउन | आगामी भदौ ७ देखि तीन दिनसम्म चल्ने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनको तयारी तिब्र भएको छ।

कार्यम्रकमलाई सब्य एवम् भब्य बनाउन युएई एनसिसीको पूरै टिम सक्रियतापूर्वक लागेको छ।आयोजक मुलुकको नाताले यूएई एनसिसी सक्रियतापूर्वक लागिपरेको हो।

दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने सम्मेलनको लागि बिभिन्न उपसमिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ युएईले उक्त सम्मेलन भब्य रुपमा सम्पन्न गराउन आबस्यक सम्पूर्ण जिम्मेवारी अगाडि बढाएको जानकारी दिएको छ।

एनआरएनए युएईले आफ्ना पदाधिकारीहरुलाई  कार्य बाँडफाँड गर्दै विभिन्न उप-समिति निर्माण गरेको हो। जसका लागि मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठ र सम्पूर्ण पदाधिकारीहरुको सक्रियता बढी नै देखिएको छ ।

युएईमा दोस्रो पटक हुन् लागेको मध्यपूर्व सम्मेलन २०११ पनि भएको थियो। अहिलेको मध्यपूर्व भेलाले श्रमिक र मध्यपूर्वका समस्याका बारेमा ठोस कुराहरु सरकारसम्म पुर्‍याउँदै समस्या समाधानमा पहलकदमी लिन सक्ने सम्भावानाको रुपमा समेत हेरिएको छ।

भिजिट भिसा, घरेलु कामदारलगायत विभिन्न समस्या रहेको मध्यपूर्वमा बिश्व भरिका एनआरएनएहरु र सरकारी तहबाट समेत हुने प्रतिनिधित्त्वले केही हदसम्म यहाँका समस्यालाई हल गर्ने अनुमान गरिएको छ।






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस