डा.केसीको मागमा देउवा र थापा चिप्लिए

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं, १० साउन । डा.गोविन्द केसीले उठाएका मागका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अझै पनि अन्यौलमा छन् । देउवालाई युवा नेता गगन थापाले पेलेर लगेपछि डा.केसीको पक्षमा बोल्न बाध्य भएका हुन् ।

आफू प्रधानमन्त्री भएका बेला देउवाले डा.केसीका जायज माग पूरा गर्नेतिर कुनै ध्यान दिएनन् । देउवाले मात्रै होइन तत्कालीन स्वास्थ्य मन्त्री समेत रहेका थापाले पनि डा.केसीका मागप्रति चासो देखाएनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

जसका कारण देउवा र थापाको पालामा पनि डा.केसी अनशन बसे । तर, अहिले डा.केसीको पक्षमा देउवा र थापा खुलेर लागेका छन् । डा.केसीले उठाएका मेडिकल सुधारसम्बन्धी मागहरू जायज छन् । तर उनले जसरी ती मागहरू उठाएका छन् सबै प्रक्रिया गलत छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले डा.केसीसँग वार्ता प्रक्रिया थालेपनि दुबै पक्षको आ–आफ्नो अडानका कारण बुधबारको बार्ता असफल भयो ।

चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधन प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।

सुधारसहित विधेयक प्रस्ताव पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने केसी पक्षले जनाएको छ । कांग्रेसले डा. केसीको समर्थन गरे पनि धेरैले देउवा र थापामाथि प्रश्न उठाउन थालेका छन् ।

डा.केसीको मागका विषयमा देउवा र थापाका कारण अहिले पनि नेपाली कांग्रेस विभाजित छ । डा.केसीकै कारण कांग्रेसले सदन अवरोध गरेको छ । त्यति मात्रै होइन उसले सडक प्रदर्शन गरिरहेको छ ।

ती प्रदर्शनहरूमा देउवा र थापाले एकले अर्कालाई असहयोग गर्ने गरेर उपस्थिति जनाउने गरेका छन् । देउवा र थापाको यो क्रियाकलापले गर्दा कांग्रेसका कार्यकर्ता समस्या र अन्यौलमा परेका छन् ।

कांग्रेसलाई नेताहरूको व्यक्तिगत स्वार्थले अहिले पनि गाँजेको छ । त्यो स्वार्थमा देउवा अगाडि छन् । देउवालाई युवा नेता थापाले उछिनेका छन् । कम्युनिस्ट सरकारले आफ्नो धर्म अनुसारको विधेयक ल्याएको छ ।

दुई तिहाईको सरकारले आफूअनुकूलको ऐन नियम ल्याउन स्वभाविक हो । तर, संसदीय प्रक्रियालाई नै मान्दिन भन्ने कांग्रेसको अडानले संवैधानिक र लोकतान्त्रिक प्रक्रियालाई चुनौती खडा भएको छ ।






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस